२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले ल्यायो भिडलाई नियन्त्रण गर्न पानीको फोहरा फाल्ने (वाटर क्यानन)

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

(सागर थापा/महेन्द्र सिंह)
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले पानीको फोहरा फाल्ने गाडी ल्याएको छ । सरकारले एउटा वाटर क्यानन् ट्रक उपलब्ध गराएको हो । देशको राजनीति गतिविधि अबस्था भिडभाड नियन्त्रणका लागि वाटर क्यानन्को प्रयोग गर्न सक्ने छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले सीसी क्यामरा जोडिएको अत्याधुनिक वाटर क्याननले प्रदर्शनका बेला निषेधित क्षेत्रहरु तोड्नेहरुलाई रोक्न सहज हुने छ । भिडलाई तीतरबितिर पार्न वाटर क्यानन्ले सहयोग गर्छ । बाँके प्रहरीसँग वाटर क्यानन् पहिलो पटक आएको हो ।

पछिल्लो समय देशको राजनीतिक अबस्था घटनाक्रमसँगै सडकमा प्रदर्शन हुन थालेपछि नेपाल सरकारले गृहमन्त्रालयले देशभर हाइअर्लटमा छ । ठाउँठाउँमा प्रदर्शन हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन वाटर क्यानन्को प्रयोग गर्न सकिने बाँके प्रहरी प्रमुख एसपी रानाको भनाइ छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न लाग्दा वाटर क्यानन्बाट पानीको फोहराले प्रदर्शनकारीमाथि प्रहार गरिन्छ ।

मिडियम र हाइलेभलबाट पानीको फोहरा फाल्न सकिने यो वाटर क्यानन्ले २५ देखि ३० को रेञ्जमा फोहरा प्रहार गर्छ । जस्का कारण भीड अघि बढ्न र नियन्त्रणमा सहज हुने बाँके एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।