०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

पुर्वको केही स्थानमा वर्षा हुने : मौसम महाशाखा

Logo
प्रकाशित सोमबार, माघ ०५, २०७७

(ABC Sanchar)
काठमाडौं । हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

दिउँसो : देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशका पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताए। पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ। अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको र यो पनि […]

काठमाडौं । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका […]

कर्णाली । हिमपात मुख्यतया मुगुको माथिल्लो भेगमा भएको छ, भने तल्लो भू-भागमा हल्का वर्षा भएको छ। कर्णाली प्रदेशका मुगु, डोल्पा, जुम्ला, कालिकोट र हुम्ला जिल्लामा हिमपात र वर्षा भएको हो । हिमपातले जमिनमा चिस्यान बढाउने भएकाले आगामी बालीका लागि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हिमपातले किसानलाई राहत दिएको छ, किनभने हिमपातले जौ, गहुँबाली, फलफूल […]

error: Content is protected !!