२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

सिमा नाकामा प्रहरीको कडाई पढ्नुहोस कारण यस्तो छ

Logo
प्रकाशित शुक्रबार, जेठ १८, २०७५


राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु
नेपाल -भारत सीमा नाका कपिलवस्तुको ताडानगर-धनगढवाबाट तस्करहरुले अवैध रुपमा भित्र्याइने कुखुराको चल्लामा बर्ड फ्लु रोग देखा परेको भन्दै जिल्लाको चाकरचौडा,मर्यदपुर , कृष्णनगर, लगायत एक दर्जन सीमानाकामा विशेष कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ । आज शुक्रबार बिहान जिल्लाको शुद्धोधन गाउँपालिका–५ तारानगरबाट अवैध तरिकाले भित्र्याउने लगिएको २ हजार बढि कुखुराका चल्ला बरामद बिशेष सूचनाको अधारमा प्रहरीले पक्राउ गरेको हो । बेवारिशे अवस्थामा रहेका चल्लालाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा दिउँसो नष्ट गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।प्रहरी जिल्लाको महाराजगंज नगरपालिका, हरदौना नाकाबाट २५ क्यारेट प्रतिबन्धित सेतो अण्डासमेत बरामद गरेको छ । उक्त अण्डासमेत प्रहरीले शुक्रबार नै पशु सेवा कार्यालयका कर्मचारी, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको जनाएको छ ।कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेतो अन्डा, दाना लगायतका सामाग्रीहरु तस्करहरुले अवैध तरिकाले लुकीछिपी नाकाहरुबाट भित्र्याउने गरेका छन् । नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करहरुले बढी मुनाफा पाउन सेतो अन्डा र चल्ला भित्र्याउने गरेका हुन् ।पशु सेवा कार्यालयले समेत जिल्लाका १० वटै स्थानीय तहलाई लिखित जानकारी गराइएको जनाएको छ । बर्ड फ्लुकै कारण सरकारले २०६२ सालदेखि भारतबाट पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाउँदै आएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!