२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

१३ वर्षीया बालिकाको अपरहण गरी बलात्कार गर्ने युवक पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

 

(ABC क्राईमबिट)
धनगढी । १३ वर्षकी एक बालिकालाई अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको भजनी नगरपालिका–४ बाट १३ वर्षीया एक किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गर्ने घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन बिक(कामी) पक्राउ परेका हुन।

४ वर्षअघि किशोरीलाई काठमाडौं महानगरपालीका–१० देविनगरस्थित डेरामा लगेर जबरजस्ती करणी गरिरहेको भन्दै जाहेरी आएपश्चात विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जाहेरीपछि खोजी गर्दा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तीनकुनेबाट विकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विकमाथि अपरहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी गरेको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!