१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

सोनुको जिबन रक्षाका लागी परिवारको अपिल

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

राम बहादुर बिश्वकर्मा
प्युठान / एक मृगौला पिडित बालकको जीवन रक्षाका लागी उनका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।
झिम्रुक गाउँपालिका १ बिडाडा स्थाई घर भइ हाल प्युठान नगरपालिका ९ मजुवामा बसोबास गर्दै आएका १५ वर्षीय सोनु सुनारको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ ।
एक्कासी किडुनीमा समस्या आई चिच्याएपछि अस्पतालमा पुर्याइ दाया तर्फको मृगौलामा अधिक समस्या बेहोरीरहेका १५ बर्षिय सुनारका बाबु कृष्ण सुनारले छोराको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरिएका हुन ।
सोनुका बाबु कृष्ण सुनारले आर्थिक सहयोगको याचना गर्दै छोराको जीवन बचाइदिन आग्रह गरेका छन्। दाया मृगौलामा ठुलो समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार अपरेसन गरि हटाउनुपर्ने भएकाले आर्थिक समस्या थपिएको हो।

सहयोगको याचना गर्दै सोनुका बाबुले भनेका छन्, “हाम्रो आर्थिक अवस्था नाजुक छ, बिहान मजदुरी गरि बेलुका छाक टार्दै आएका छौँ ,भर्खरै परिक्षण गराउदा भएको सबै पैसा सकियो ,अब अपरेसन गराउनु पर्ने चिकित्सकले सुझाव दिएका छन्, तर आफुसँग पैसा नहुँदा समस्या भएको हो। मानविय सहयोग भएकाले यहाँहरुले जे जति सक्नुहुन्छ सहयोग गरिदिए मेरो छोराले नयाँ जीवन पाउने थिए।”

उनको मृगौलाको अपरेसन बाट उपचार गर्नु भएकोले सहयोगको अपिल गरिएको पीडितका बुवाले जानकारी दिए । उपचारमा आर्थिक अभाव भएकाले देश विदेशमा रहेका नेपाली सहयोगी मनहरुलाई सहयोगको अपिल गरिएको हो । बाल बिध्या मा बि मजुवामा कक्षा ७ मा अध्ययनरत सुनारको उपचारको लागि करिब १ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
“थोरै सहयोगले बिध्यार्थी भाईको जिबन बच्न सक्छ भने हामीले सक्दो सहयोग गर्न कति कन्जुस्याइँ गर्नुहुदैन बाल बिध्या मा.बि मजुवाका सामाजिक शिक्षक पदम प्रसाद पौडेलले बताए ।आफ्नै नेतृत्वमा बिध्यालयमा अध्यन गर्ने बिध्यार्थिलाई सहयोगको लागी आब्वाहान गरिएको थियो उनिहरुबाट रकम जम्मा भइरहेको पौडेलले बताए ।

सहयोग गर्न चाहनेले सिधै सोनुको बाबु कृष्ण सुनारको ९८६८६९१०३९ नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]