०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

सोनुको जिबन रक्षाका लागी परिवारको अपिल

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

राम बहादुर बिश्वकर्मा
प्युठान / एक मृगौला पिडित बालकको जीवन रक्षाका लागी उनका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।
झिम्रुक गाउँपालिका १ बिडाडा स्थाई घर भइ हाल प्युठान नगरपालिका ९ मजुवामा बसोबास गर्दै आएका १५ वर्षीय सोनु सुनारको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ ।
एक्कासी किडुनीमा समस्या आई चिच्याएपछि अस्पतालमा पुर्याइ दाया तर्फको मृगौलामा अधिक समस्या बेहोरीरहेका १५ बर्षिय सुनारका बाबु कृष्ण सुनारले छोराको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरिएका हुन ।
सोनुका बाबु कृष्ण सुनारले आर्थिक सहयोगको याचना गर्दै छोराको जीवन बचाइदिन आग्रह गरेका छन्। दाया मृगौलामा ठुलो समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार अपरेसन गरि हटाउनुपर्ने भएकाले आर्थिक समस्या थपिएको हो।

सहयोगको याचना गर्दै सोनुका बाबुले भनेका छन्, “हाम्रो आर्थिक अवस्था नाजुक छ, बिहान मजदुरी गरि बेलुका छाक टार्दै आएका छौँ ,भर्खरै परिक्षण गराउदा भएको सबै पैसा सकियो ,अब अपरेसन गराउनु पर्ने चिकित्सकले सुझाव दिएका छन्, तर आफुसँग पैसा नहुँदा समस्या भएको हो। मानविय सहयोग भएकाले यहाँहरुले जे जति सक्नुहुन्छ सहयोग गरिदिए मेरो छोराले नयाँ जीवन पाउने थिए।”

उनको मृगौलाको अपरेसन बाट उपचार गर्नु भएकोले सहयोगको अपिल गरिएको पीडितका बुवाले जानकारी दिए । उपचारमा आर्थिक अभाव भएकाले देश विदेशमा रहेका नेपाली सहयोगी मनहरुलाई सहयोगको अपिल गरिएको हो । बाल बिध्या मा बि मजुवामा कक्षा ७ मा अध्ययनरत सुनारको उपचारको लागि करिब १ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
“थोरै सहयोगले बिध्यार्थी भाईको जिबन बच्न सक्छ भने हामीले सक्दो सहयोग गर्न कति कन्जुस्याइँ गर्नुहुदैन बाल बिध्या मा.बि मजुवाका सामाजिक शिक्षक पदम प्रसाद पौडेलले बताए ।आफ्नै नेतृत्वमा बिध्यालयमा अध्यन गर्ने बिध्यार्थिलाई सहयोगको लागी आब्वाहान गरिएको थियो उनिहरुबाट रकम जम्मा भइरहेको पौडेलले बताए ।

सहयोग गर्न चाहनेले सिधै सोनुको बाबु कृष्ण सुनारको ९८६८६९१०३९ नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ धेरै मानिसका आफू जन्मिएको अवसरमा जन्मदिन मनाउने आआफ्ना तरिका हुन्छन् । कसैले थोरै भएपनि सामाजिक काम गरेर मनाउने गर्छन् । त कसैले अर्को किसिमले मनाउँछन् । दाङको देउखुरी भालुवाङ निवासी राजथापा ( चलाउने ) ले बुधबार बिहान देउखुरीस्थित निलसागर आश्रममा रहेका असहाय त ज्येष्ठ नागरिकहरुलाई खाना खुवाए र साथमा फलफूल पनि बाँडे […]

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]