१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
×

हुण्डीको कारोवार गर्ने  ७ जना ब्यवसायि पक्राउ ।

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

सागर थापा दाङ

काठमान्डौ उपत्यकामा अवैधरुपमा हुण्डीको कारोवार गर्नेहरुलाई प्रहरीले सोमवार समातेको छ ।अपराध महाशाखाद्वारा अभियुक्तहरुको साथवाट नगद ५१ लाख र चेक रकम ३ करोड बढि बरामद गरिएको जनाईएको छ ।
काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीकोकारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले विभिन्न ब्यक्तिहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्युरोड लगायत विभिन्न स्थानमा छापा हान्दा नगद, चेक रकम, विभिन्न बैँकका हस्ताक्षर गरी राखिएका चेकवुकहरु, ह्वाट्स एप र विइ च्याटमा गरिएको हुण्डीको कारोवार सहितको बिवरण, हुण्डी कारोबार गरिएको लेजर तथा कागजातहरु बरामद गरी पक्राउ परेका ७ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको अपराध महाशाखाले जानकारी दिएको छ ।
न्युरोड क्षेत्रबाट सोमबार पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए । सिंहले भने– गोप्य सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’ प्रारम्भिक अनुसन्धान शुरु गरिएको तथा थप कारवाहीको लागि राजश्वक अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने सिँहले बताए । पक्राउ परेका अभियुक्तहरु काठमान्डौ ११ थापाथलिका २९ वर्षिय राहुल राय अग्रवालवाट नगद ८ लाख २७ हजार
चेक रकम र ३ करोड १३ लाख ७४ हजार ८ सय छत्तिस रुपैँया, सिन्धुपाल्चोक बलेपी ८ घर भई हाल स्युचाटार, काठमाण्डौं बस्दै आएका ३१ वर्षिय एलाईट बिजनेश प्रा।लि।, न्यूरोड, काठमाण्डौंका राज कुमार श्रेष्ठवाट नगद ९ लाख ६७ हजार पाँच सय र चेक रकम १९ लाख रुपैयाँ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी , काठमाण्डौं बस्दै आएका सग्तानी ट्रेडस, न्यूरोड, काठमाण्डौंका ५२ वर्षिय शिवकुमार साङतानिवाट १७ लाख ६० हजार नगद र ४ लाख चेक रकम, भारत मुम्वई घर भई हाल क्षेत्रपाटी , काठमाण्डौं बस्ने ४६ वर्षिय पुर्ण लक्ष्मी ईन्टरप्राईजेज, खिचापोखरी काठमाण्डौंका अरुण सावरथिया र भारत दिल्ली घर भई ज्ञानेश्वईर, काठमाण्डौं बस्ने ३८ वर्षिय सोही कम्पनिकै रविन्द्र चोखानिवाट संयुक्तरुपमा नगद १५ लाख ५० हजार रुपैया र चेक रकम १९ लाख ९८ हजार ७ सय एक सठ्ठी रुपैयाँ बरामद गरेको छ । त्यस्तै भारत दिल्ली घर भई ज्ञानेश्वरर, काठमाण्डौं बस्ने बिनिका सेल एण्ड साईन मार्केटिङ , न्युरोड, काठमाण्डौंका ४७ वर्षिय राजकुमार सिघान्ची र भारत राजस्थान घर भई बिनिका सेल एण्ड साईन मार्केटिङ , न्युरोड, काठमाण्डौंका सञ्चालक ५२ वर्षिय जगदिश राना सरीयावाट बिभिन्न बैकहरुका चेकबुक थान २१ थान बरामद गरीएको छ । अपराध महाशाखा प्रमुख सिँहले पक्राउ परेका ७ जना ब्यक्तिहरुवाट जम्मा नगद ५१ लाख ४ हजार ५ सय, चेक रकम ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ र मोवाइल, ल्याप्टप र विभिन्न कागजातहरु बरामद गरीएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने समेत […]

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल डोटी मातहत रहेको प्रहरी प्रशिक्षण स्थल बुडर, डोटीको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले प्रशिक्षण स्थलको समग्र अवस्थाको अवलोकन गर्नुका साथै तालिमरत प्रशिक्षार्थीहरूको तालिम सम्बन्धी जानकारी लिनु भई प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ।

दाङ । जिल्लाको राप्ती गाउँपालिका गाउँपालिका ४ गोपीनाला स्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्। भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालक भारतीय नागरिक सिद्वार्थ न.पा.-०६ बस्ने वर्ष २५ को […]

error: Content is protected !!