०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

चाकरचौडाको छोटी भन्सार कार्यालय सहयोगीको भरमा ॥

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२२
नायब सुब्बाको दरबन्दी रहेको कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका स्थितमा रहेको चाकरचौडा छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा काज सरुवा मिलाएर अन्यत्र जाने गरेका कारण भन्सार कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका हुन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा भन्सार कार्यालयले न्यून राजश्व संकलन गर्दै आएको छ ।कार्यालयमा एक्लै बस्ने भएकाले असुरक्षा हुँदा सन्तोष जनकरुपमा राजश्व उठाउन नसकेको कार्यालय सहयोगी भीम चन्द बताउनुभयो । मुस्किलले महिनामा ८ हजारको हाराहारीमा राजश्व उठ्ने गरेको उहाँले बताउनुभयो । दिउँसो सशस्त्र प्रहरीले भन्सार कार्यालयमा सुरक्षा दिए पनि राति एक्लै बस्नुपर्ने भएकाले समस्या भएको चन्द बताउनुहुन्छ I संरचना मर्मत सम्भारको अभावमा बर्षातको समयमा पानीको ढल निकास नहुँदा कार्यालय जीर्ण बन्दै गएको छ I कार्यालयको स्वामित्वमा रहेको जग्गा प्रयोग विहीन अवस्थामा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!