०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

सामुदायिक वनमा पाटेबाघ देखिन थाल्याे सुरक्षा सतर्कता बढाइयो

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

(सर्मिला बोगटी)
धनगढी । कैलालीको सामुदायिक वनमा पाटेबाघको चलखेल बढेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

पाटेबाघले आइतबार एक महिलाको ज्यानसमेत लिइसकेको छ । बाघले मान्छेमाथि आक्रमण गर्नसक्ने अवस्थालाई मध्यनजर गरेर बाघ देखिएको क्षेत्र र सो आसपासमा सुरक्षा सतर्कता बढाइएको छ ।

शुक्रबार मात्रै पाटेबाघले कैलारी गाउँपालिका–८, दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । सीताकुवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घाइते भएका छन् ।

यसैगरी शनिबार मान्छे रहेकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो । सोही दिन गौरीगङ्गा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा चराउन लगेको बाच्छो मारेर खाएको छ ।

बाघको चलखेल बढेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको सामुदायिक वन समन्वय समिति मसुरियाका सदस्य गोविन्द शर्मा लामिछानेले बताए । सबै वनमा मान्छेको प्रवेशमा रोक लगाइएको उनले उल्लेख गरे ।

“विवाहको बेला भएकाले मान्छे सालको पात टिप्नका लागि जङ्गलभित्र जाने गरेका छन्,” उनले भने, “बाघ देखिन थालेपछि समितिले वनभित्र पस्न पूर्ण रूपमा बन्देज लगाउनुका साथै सबैतिर सतर्कता बढाएको छ ।”

बाघले मान्छे वा पशुमाथि आक्रमण गर्नसक्ने र तस्कर वा सिकारीले बाघ मार्नसक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता बढाइएको छ । बाघ जोगाउनका लागि सामुदायिक वनका सदस्यलाई परिचालन गरिएको छ ।

शनिबार क्यामेरा ट्र्यापिङ गर्न गएका बेला बाघ नजिकै आएपछि रुखमा चढेर लामिछानेले मोबाइलमा भिडियो र तस्बिर कैद गरेका थिए ।
रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!