०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

कोहलपुर प्रहरीले भन्सार छलि ल्याईएको सामानहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गा.पा.वडा नं.६ पिप्रहवा चोक स्थित भन्सार छली चोरी निकासी गरी ल्याईएका बेवारिसे अवस्थामा छोडिएका निम्न सामानहरु ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।
नियन्त्रणमा लिएको समानहरु निम्न :-१. आलु ९७० कि.ग्रा २.प्याज ४५ कि.ग्रा.
३. लसुन ३५ कि.ग्रा.
४. नुन १४० कि.ग्रा.
५. चिनि ७० कि.ग्रा.
६. खुर्सानी १ कि.ग्रा.
७. तिल ४० कि.ग्रा.
८. सुर्ति २ पोका
९. मिठाई ३ डिब्बा
१०. भेली ५ कि.ग्रा.
११. गुच्चा २ पोका
१२. धुप ५ पोका

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।