३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

प्रहरी जवानको लिखित परीक्षा केन्द्र तोकियो (सूचनासहित)

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरीको वि.नं.०१(०७७/७८) (खुला/समावेशी) प्रहरी जवान (जनपद) पदको लागि लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको छ ।

महानगरीय प्रहरी शिक्षालय, महाराजगञ्जबाट विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण उम्मेदवारहरूको लिखित परीक्षा भवन कायम गरिएको हो ।

साथै सूचनामा लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरुले सक्कलै नागरीकताको प्रमाण-पत्र र सम्बन्धित कार्यालयबाट उपलब्ध गराईएको प्रवेश–पत्र साथमा लिई परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुन् भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!