२४ मंसिर २०८०, आइतबार
10-12-2023 , Sun
×

तस्करीको सामान धमाधम भन्सार चलान ॥

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२४

जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले सीमा नाकाको विभिन्न स्थानबाट भन्सार छलेर नेपाल भित्राएका समान हिजो भन्सार चलान गरेको छ । कपिलवस्तु जिल्लाको सीमा सँग जोडिएको चाकरचौडा , रँगपुर , मर्यादपुर , हर्दौना बाट समान पक्राउ गरेको हो । भारतबाट समान लिएर आउँदै गरेको तस्करको समूहले प्रहरी टोलीलाई देख्ना भारतीय नम्बरको मोटरसाइकलमा भन्सार चोरी निकासी गरी चिनी , लत्ताकपडा , चप्पल , कम्बल , लगायत र नेपाल बाट भारत तर्फ लैजादै गरेको स्याउ ८०हजार बराबरको समान बरामद गरी कृष्णानगर भन्सारमा कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनकारी दिएको छ । यस अघि पनि प्रहरीले जेठ एक गते दश गते सम्मा ५१लाख बराबरको चोरी पैठारी बाट ल्याएको समान कृष्णानगर भन्सार कार्यलयमा बुझाईसेको कपिलवस्तु प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्की ले बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]

  (ABC-Sanchar) दाङ । दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ । दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ […]