२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रचण्ड र माधव पक्षका ३ जना पत्रकारहरुको जागीर चट्

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

ABC Sanchar
जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी समूहलाई समर्थन नगरेको भन्दै तीन जना जागिरबाट निकालिएका छन् । जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले ठाडो निर्देशनमा उनीहरु बर्खास्तीमा परेको जनाइएको छ ।।

ओली समूहका केन्द्रीय सदस्य रहेको मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआइएस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई मंगलबार बर्खास्त गरेका हुन् ।

कर्मचारी हटाउन प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले उठाएको टिप्पणी मेयर घर्तीले सदर गरेका छन् । कर्मचारी बर्खास्त अधिकृतले नै गर्नुपर्ने भएपनि मेयर आफैँले सदर गरेका हुन् । उनीहरुलाई बर्खास्त गर्नु अघि स्पस्टिकरण सोधिएको थियो ।

 

तीन जना कर्मचारीलाई सोधिएको पत्रमा लेखिएको छ, ‘तपाईंहरू प्रचण्ड र माधव समूहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य रहेको कारण किन बर्खास्त नगर्ने?’

सोधिए बमोजिम स्पष्टीकरण दिएका तीनै जनाले आफूहरू कुनै पक्षमा नलागेको, तर विगतदेखि नै प्रेस संगठनमा रहेको जानकारी गराएका थिए। उनीहरूले प्रेस संगठनमा रहेपनि काममा बाधा कुनै पनि नपारेको पत्रमा लेखेका छन् ।

नगरपालिकाले गत १७ फागुनमा तीनै जनालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणपत्रमा ‘तपाई राजनीतिमा भाग लिई संघीय निजामति सेवा ऐन २०४९ को दफा ४४ को भावना विपरित हुने गरि नेकपा (माधव–प्रचण्ड समुह) निकट प्रेस संगठनको कर्णाली प्रदेश कमिटी सदस्य पदमा आवद्धता भएको सप्रमाण प्राप्त भएकोले उक्त ऐनको दफा ४४ अनुसार कारवाही किन नगर्ने ? २४ घण्टा भित्र चित्त बुझ्दो जवाफ दिनुहोला । अन्यथा निर्देशन अनुसार कारवाही भई जाने ब्यहोरा अनुरोध छ’ भनि उल्लेख गरिएको थियो ।

निर्देशन अनुसार भनेर स्पष्टिकरण सोधिएको र कारवाही गरिएको पत्रमा पनि निर्देशन अनुसार उल्लेख गरिएको छ ।

नेकपा दुई समुहमा विभाजन भएपछि पवन शर्मा प्रधानमन्त्री ओली निकट प्रेस संगठनको जिल्ला संयोजक भएका थिए । तर केही दिन अघि मात्र उनले प्रेस संगठनको जिल्ला संयोजक छोडेर दाहाल –नेपाल समुहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य पदमा मनोनयन भएका थिए । उनी सहित शरोज र भरत पनि सोही संगठनको प्रदेश सदस्य पदमा मनोनयनमा परेका थिए । ओली निकटका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले गत बर्ष जागिरे बनाईदिएका र निकै विश्वासपात्र मानिने पवनले आफ्नो साथ छोडेपछि उनी लगायत तिनै जनाको जागिर नै चट हुने गरि एक्सन लिएका हुन् ।

 

बर्खास्तिको बिरोध

यसैवीच, जिल्ला स्थित विभिन्न निजामति कर्मचारी सम्बद्ध संगठनहरुले भेरी नगरपालिकामा तीन जना कर्मचारीलाई गरिएको बर्खास्किो विरोध गरेका छन् ।

निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले संयुक्त विज्ञप्ती प्रकाशित गरि आगामी दिनमा यस्ता गतिविधि नदोहो¥याउन माग गरेका छन् ।

‘प्रतिशोध र पुर्वाग्रहबाट प्रेरित भएर कर्मचारी बर्खास्त गरेको कार्यप्रति गंभिर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो नेतृत्वको स्थानीय सरकारमा फरक आस्था राखेकै आधारमा रोजीरोटी खोस्ने कार्यको घोर निन्दा गदै उक्त कारवाही तत्काल फिर्ता लिई काममा फर्काउन आग्रह गर्दछौ’ संयुक्त विज्ञप्तीमा भनिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!