०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
×

बहुविवाह गर्ने सरकारी कर्मचारी अब बर्खास्त !

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

काठमाडौं। अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको खबर आजको राजधानी दैनिकमा छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त हुने प्रावधान छ ।
निजामति सेवा ऐन, २०४९ (चौथो संशोधन २०७२) मा यो प्रावधान नभए पनि नयाँ कानूनमा बहुविवाह गर्ने कर्मचारीलाई पनि बर्खास्त गर्ने नियम ल्याउने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पोखरा । जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संलग्न महिलाको खोजी सुरु गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक महिलाले बोरामा बाँधिएको कुकुरलाई सेती नदीमा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि पशु अधिकारकर्मी र सर्वसाधारणले घटनाको कडा विरोध गरेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे अनुसन्धान सुरु गरिएको र भिडियोमा […]

मुग्लिङ । पहिरोका कारण अवरुद्ध सडकमा यात्रुसहित बस आएको देखेपछि वैकल्पिक मार्गको बारेमा सम्झाई बुझाई गर्दै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्का ।

दाङ । लामो समयदेखि देखिएको ग्यास अभावका कारण समस्यामा परेका दाङका उपभोक्तालाई राहत मिल्न थालेको छ। वितरण प्रणालीलाई व्यवस्थित बनाउन कुपन प्रणाली लागू गर्ने, उपभोक्ताको विवरण संकलन गर्ने तथा आपूर्ति बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने प्रयासपछि जिल्लामा ग्यासको अवस्था क्रमशः सहज बन्दै गएको हो। ग्यास अभावका बेला उपभोक्ता दुई–तीन दिनसम्म लाइनमा बस्नुपर्ने, पालो आउँदासम्म […]