२७ आषाढ २०८२, शुक्रबार
11-07-2025 , Fri
×

साकार भयो गुल्मीका नागरिकको सपना,रेसुङ्गा विमानस्थलमा १२ वर्षपछि परीक्षण उडान

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

गुल्मी,२६ जेठ – एक दशक अगाडि देखि गुल्मेलीहरूले देखेको जहाज चड्ने सपना पुरा भएको छ। निर्माण कार्य थालिएको विमानस्थलमा १२ वर्षपछि पहिलो पटक जहाज आएको हो। गुल्मीका जनताहरूले दशकभन्दा अगाडि देखि देख्दै आएको रेसुङ्गा विमानस्थलको सपना शुक्रबार पुरा भएको हो। तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप कुमार ज्ञवालीले शिलान्यास गरेको रेसुङ्गा विमानस्थलको काम तीव्र रुपमा अगाडि बढ्न नसकेपछि गुल्मेलीहरू केही वर्षयता निराश भएका थिए। तर शुक्रबार तारा एयरको ९ एनएकेल जहाजले रेसुङ्गा विमानस्थलमा परिक्षण उडान गरेपछि गुल्मेलीहरू हर्षित भएका छन्।
शुक्रबार बिहान ११ बजेनै तारा एयरको विमान रेसुङ्गा विमानस्थलमा परिक्षण उडान गर्ने तयारी भएपनि खराब मौसमका कारण ४ बजेपछि मात्र ढिला गरि अवतरण गरेको हो। जिल्लामै पहिलो पटक रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाचीका सर्वसाधारणहरू समेत जहाज हेर्नका लागि आएका थिए। विमानस्थलमा आएका नागरिकलाई ब्यवस्थापन गर्नका लागि प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो।
निर्माण थालिएको लामो समयपछि रेसुङ्गा विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयवासीहरूले एक–अर्कामा खुशी साटासाट गरेका छन्। गुल्मेलीहरूसँग खुसी साटसाट गर्नका लागि विमानस्थलको शिलान्यास गरेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत जिल्ला आएका छन्। ज्ञवालीसगै नेपाल प्रहरीका प्रमुख सहितको जम्बो टिम पनि रेसुङ्गा विमानस्थलमा आएको छ।
विमानस्थल बनाउनकै लागि भनेर जग्गा उपलब्ध गराएको लामो समयसम्म जहाज नआउँदा विमानस्थल निर्माण समितिसँग आक्रोशित भएका स्थानीयले जहाज आएपछि खुसी ब्यक्त गरेका छन्। जहाज आउने भयो भनेर भएभरको सबै जग्गा दिएपनि विमानस्थल नबन्दा सारै रिस उठेको थियो स्थानीय रोमनाथ अर्यालले भने ‘ठिलै भएपनि लामो समयपछि जहाज आउँदा खुसी लागेको छ। अर्यालले ७ रोपनी जग्गा मुआब्जा लिएर विमानस्थल बनाउँनका लागि दिएका थिए। विमानस्थल निमार्णका लागि ४६ रोपनी जग्गाको मुआब्जा दिएर स्थानीयलाई अन्यत्रै सारिएको हो भने केही सार्वजनिक जग्गा रहेको छ।
विमानस्थल निमार्णका लागि अहिलेसम्म ११ करोड रुपैयाँ खर्च भैसकको छ। विमानस्थल निमार्ण समितीका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार विमानस्थलको धावनमार्ग कालोपत्रे र अन्य सरंचना निमार्ण गर्नका लागि ८ करोडको पुन ठेक्का भएको बताए। रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निमार्ण भएको रेसुङ्गा विमानस्थलमा जहाज बसेपछि गुल्मेली लगायत छिमेकी जिल्ला अर्घाखाचीका नागरिकमा मरिसकेको आशा फेरी पलाएको छ। विमानस्थलले गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान, बाग्लुङका बासिन्दालाई पनि सेवा पुग्ने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

error: Content is protected !!