०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

प्रहरी बनाइ दिन्छु भन्दै ६ लाख रुपैया ठगी गर्ने आशिष मल्ल बाँके प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, फाल्गुण २७, २०७७

(महेन्द्र सिंह) जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैया लिएको उजुरी आएपछि मल्ललाई नियन्त्रणमा लिएको बताउनुभएको छ । मल्लले दुई जनाबाट ३/३ लाख रुपैया लिएको खुलेको छ । २०७६ सालमा नेपाल प्रहरीको सिपाही बनाइदिन्छु भनेर मल्लले पैसा लिएका थिए । त्यो लटमा प्रहरी हुन नसकेपछि पैसा फिर्ता मागिएको थियो । त्यसलगत्तै प्रहरीमा फेरि भर्ना खुलेकाले अबको लटमा बनाइदिने भन्दै पैसा फिर्ता गरिएको थिएन । गत असारमा नतिजा आएको यो लटमा समेत प्रहरी हुन नसकेपछि पैसा फिर्ता मागिएको थियो । मल्लले दिन्छु, दिन्छु भनिरहेका थिए । लामो समयसम्म पैसा फिर्ता नगरेपछि पीडितहरु बाँके जिल्ला प्रहरी कहाँ पुगेका थिए ।
बाँके प्रहरीले मल्ललाई ठगीमा कारबाही गर्ने तयारी गरेको एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।