२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङमा बस दुर्घटना हुदा २१ जना यात्रुहरु घाईते

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७



(बिकास खनाल)
दाङ । लक्ष्मपुरमा बस दुर्घटना हुँदा २१ जना घाईते बंगलाचुली–८ का ५५ वर्षका पुनाराम कुवर, ५३ वर्षका नवदिन मिया, वडा नम्बर ९ की ६० वर्षकी लाली कवर, ७ का ४७ वर्षका दामोदर अधिकारी, ८ का ६३ वर्षकी भुुमा सुनार, २२ वर्षकी निर्मला डाँगी र उहाको ६ महिनाको छोरा प्राचित डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
यस्तै बंगलाचुली ८ का ३० वर्षकी तुलसी सारु, १९ वर्षकी सान्ती राना, २४ वर्षकी सरिता मल्ल, ३५ वर्षकी शिवा खत्री, २८ वर्षका दामोदर महरा, घोराही–२ की ४० वर्षकी निमा सुनार, ३० वर्षका छबिलाल कुवर, दंगिशरण गाउँपालीका–५ का ४८ वर्षका सदक महमद, ३८ वर्षकी गिता पाण्डे, ४५ वर्षका हुकुम पाण्डे, ४१ वर्षका नेत्रबहादुर खत्री, १९ वर्षकी एनुका राना र ६० वर्षका लोकबहादुर घर्ती घाईते भएको प्रवक्ता डिएसपी रिजालले बताउनुभयो ।

अहिले घाईते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको र घाईतेको अबस्था सामान्य र मध्यम रहेको उहाले बताउनुभयो । उहाका अनुसार बस तिब्र गतिका कारण अनियन्त्रीत भई पल्टीएर दुर्घटना भएको हो । बस चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!