१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दाङमा बस दुर्घटना हुदा २१ जना यात्रुहरु घाईते

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


(बिकास खनाल)
दाङ । लक्ष्मपुरमा बस दुर्घटना हुँदा २१ जना घाईते बंगलाचुली–८ का ५५ वर्षका पुनाराम कुवर, ५३ वर्षका नवदिन मिया, वडा नम्बर ९ की ६० वर्षकी लाली कवर, ७ का ४७ वर्षका दामोदर अधिकारी, ८ का ६३ वर्षकी भुुमा सुनार, २२ वर्षकी निर्मला डाँगी र उहाको ६ महिनाको छोरा प्राचित डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
यस्तै बंगलाचुली ८ का ३० वर्षकी तुलसी सारु, १९ वर्षकी सान्ती राना, २४ वर्षकी सरिता मल्ल, ३५ वर्षकी शिवा खत्री, २८ वर्षका दामोदर महरा, घोराही–२ की ४० वर्षकी निमा सुनार, ३० वर्षका छबिलाल कुवर, दंगिशरण गाउँपालीका–५ का ४८ वर्षका सदक महमद, ३८ वर्षकी गिता पाण्डे, ४५ वर्षका हुकुम पाण्डे, ४१ वर्षका नेत्रबहादुर खत्री, १९ वर्षकी एनुका राना र ६० वर्षका लोकबहादुर घर्ती घाईते भएको प्रवक्ता डिएसपी रिजालले बताउनुभयो ।

अहिले घाईते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको र घाईतेको अबस्था सामान्य र मध्यम रहेको उहाले बताउनुभयो । उहाका अनुसार बस तिब्र गतिका कारण अनियन्त्रीत भई पल्टीएर दुर्घटना भएको हो । बस चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]