२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

ईदमा मुस्लीमहरुले भने सरकार हामी प्रती सकारात्मक छैन

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०७५

सनिउल्ला धोबी,कपिलबस्तु, असार २ ।
विश्व शान्तीको कामना गर्दै नेपालका मुस्लीम धर्मलम्वीहरुले इदुल फित्र पर्व मनाएका छन । विश्वमा भैरहेको नरसंहर बन्द होस सबैमा मानवता आओस भन्दै अल्लाह सग दुवा मागेर इद पर्व मनाइएको छ । नेपालका मुस्लीमहरुले आज विहान ८ बजे इदको नामाज पढदै इद मुबारक (शुभकामना) आदन प्रदान गर्दै नेपालमा अमन चयनको कामना गर्दै मनाएका छन । नमाज पढना भेला भएको मुस्लीम अगुवाहरुले सरकारले इदको विदा कटौती गरको भन्दै सरकारको अलोचना समेत गरेका थिए । उनीहरुले सरकार हाम्रो अधिकार प्रती उदासिन भएको भन्द्र अलोचना गरेका थिए । पहिलेको सरकारले दिएको विदा समेत केपीवलीको सरकारले काटीदिएको भन्दै असन्तृष्टी व्यक्त गरेका छन ।

नेपालको कुल जनसंख्याको ४ प्रतिशत भन्दा बढी मुस्लीम सामुदायको बसोबास रहेको छ । देशभरका ईस्लाम धर्मावलम्वीहरु सगै कपिलवस्तुका मुस्लिमहरुले समेत धुमधामको साथ मनाएका छन् ।
ईदुल फित्रको अवसरमा इदगाहमा जम्मा भएर समुहिक नामाज पढेर मनाइएको मौलाना मक्सुद खानले बताउनु भयो ।
मुस्लीम समुदायका महिला र पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन् । एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँच पटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लिमहरुले शुक्रवार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् ।
यसअवसरमा मस्जिद तथा ईदगाहमा महिला पुरुष वालवालिका सवै जम्मा भएर नवाज पाठ गरी वधाई, शुभकामना आदन प्रदान गर्दै एकआपसमा गला मिलाएर खुशीयालीसंग ईद मनाएका हुन ।
महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस् नमाज पाठ गरी अल्लाहसंग दुवा मागेका थिए ।
इस्लामिक धर्मगुरु हजरत मोहम्मद मुस्ताफाले धर्मको रक्षाका निम्ती उनले खेलेको भुमिकाको प्रसंशा गर्दै यो पर्व १४३७ वर्षदेखि विश्वभरका मुस्लिमहरुले मनाउदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]