०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

ईदमा मुस्लीमहरुले भने सरकार हामी प्रती सकारात्मक छैन

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०७५

सनिउल्ला धोबी,कपिलबस्तु, असार २ ।
विश्व शान्तीको कामना गर्दै नेपालका मुस्लीम धर्मलम्वीहरुले इदुल फित्र पर्व मनाएका छन । विश्वमा भैरहेको नरसंहर बन्द होस सबैमा मानवता आओस भन्दै अल्लाह सग दुवा मागेर इद पर्व मनाइएको छ । नेपालका मुस्लीमहरुले आज विहान ८ बजे इदको नामाज पढदै इद मुबारक (शुभकामना) आदन प्रदान गर्दै नेपालमा अमन चयनको कामना गर्दै मनाएका छन । नमाज पढना भेला भएको मुस्लीम अगुवाहरुले सरकारले इदको विदा कटौती गरको भन्दै सरकारको अलोचना समेत गरेका थिए । उनीहरुले सरकार हाम्रो अधिकार प्रती उदासिन भएको भन्द्र अलोचना गरेका थिए । पहिलेको सरकारले दिएको विदा समेत केपीवलीको सरकारले काटीदिएको भन्दै असन्तृष्टी व्यक्त गरेका छन ।

नेपालको कुल जनसंख्याको ४ प्रतिशत भन्दा बढी मुस्लीम सामुदायको बसोबास रहेको छ । देशभरका ईस्लाम धर्मावलम्वीहरु सगै कपिलवस्तुका मुस्लिमहरुले समेत धुमधामको साथ मनाएका छन् ।
ईदुल फित्रको अवसरमा इदगाहमा जम्मा भएर समुहिक नामाज पढेर मनाइएको मौलाना मक्सुद खानले बताउनु भयो ।
मुस्लीम समुदायका महिला र पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन् । एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँच पटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लिमहरुले शुक्रवार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् ।
यसअवसरमा मस्जिद तथा ईदगाहमा महिला पुरुष वालवालिका सवै जम्मा भएर नवाज पाठ गरी वधाई, शुभकामना आदन प्रदान गर्दै एकआपसमा गला मिलाएर खुशीयालीसंग ईद मनाएका हुन ।
महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस् नमाज पाठ गरी अल्लाहसंग दुवा मागेका थिए ।
इस्लामिक धर्मगुरु हजरत मोहम्मद मुस्ताफाले धर्मको रक्षाका निम्ती उनले खेलेको भुमिकाको प्रसंशा गर्दै यो पर्व १४३७ वर्षदेखि विश्वभरका मुस्लिमहरुले मनाउदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

error: Content is protected !!