२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

स्वतन्त्र समाज नेपाल बिरगंजको आयोजनामा ६६ जनाद्वारा रक्तदान

Logo
प्रकाशित शनिबार, बैशाख ११, २०७८

(रबी वर्णवाल)
वीरगञ्ज । स्वतन्त्र समाज नेपालको आयोजनामा वीरगञ्जको घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका सचिब रबी वर्णवालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा १ जना महिलासहित ६५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाको सहआयोजकमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाक उपप्रमुख शान्ती कार्की, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक सुमन कार्की, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सामाजिक अभियानता प्रकाश थारु, युवा अभियानता दिलिपराज कार्की, संस्थाका अध्यक्ष कन्हैयालाल झाको लगायतको उपस्थिती रहेको संस्थाका सहसचिब नितेश वर्णवालले जानकारी दिए ।

कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक सुमन कार्की, अनिल प्रसाद गुप्ता, जित वर्णवाल, निरन्जन राउत, अभिषेक पटेल, भोला प्रसाद यादव, राहुल तामांग, विवेक लामिछाने, बिकास चौधरी लगायतले रक्तदान गरेका थिए । सहसचिब वर्णवालका अनुसार संस्थाका सचिब रबी बर्णवाल, सदस्यहरु अबिनाश गुप्ता, रुपल जैसवाल, राजन श्रेष्ठ, बर्खतअली खाँ, कबिर सर्राफ, प्रभु हस्पिटलका प्रतिमा कार्की र अनिल पटेल लगायतले कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए ।

सो अवसरमा नेशनल गेम करातेमा पर्सा जिल्लाबाट प्रथम र द्वितिय स्थान हाँसिल गरेका २ जना कराते खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । संस्थाले यसअघि पनि कोभिड १९ को महामारीबाट बच्नका निम्ती नागरिकलाई सचेतना फैलाउँदै आएको थियो ।

साथै आगामी दिनमा पनि अन्य जनचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको संस्थाका सचिब रबी वर्णवालले बताए । कार्यक्रमको सहजिकरण रायन कायस्थले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]