२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको पथरगढवामा खुलेयो मन्नत पोलिक्लिनिक गरिबलाई निशुल्क सेवा

Logo
प्रकाशित शनिबार, बैशाख ११, २०७८


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका ६ पथरगढवामा अत्याधुनिक सुविधा सम्पन्न सात शैयाको मन्नत पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ । पहिलो पटक एमबीबीएम डाक्टरहरु सहितको अत्याधुनिक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको हो ।
देउखुरीको राप्ती गाउँपालिका—६ भगवानपुर निवासी समसाद अलिको करिब डेढ करोडको व्यक्तिगत लगानीमा उक्त पोलिक्लिनिक सञ्चालनमा आएको हो । उक्त पोलिक्लिनिकमा सात शैयाको बेड रहेको छ, भने मेडिकल सर्जरी डाक्टर समसाद अहमद, सर्जरी डाक्टर फिरोज आलम खान, एमडी डाक्टर नियाम तुल्हा खान र एमडी फरहान खानबाट बिरामीको चेकजाँच सहितको सेवा दिइने पोलिक्लिनिकका सञ्चालक समसाद अलिले बताए । साथै मन्नत पोलिक्लिनिकमा आउने गरिब दुखी आर्थिक अबस्था कम भएका हरुलाई निशुल्क उपचार अपरेसन औषधी दिने जानकारी दिए ।

आफ्नै एक तल्ले ९ कोठे पक्की भवनबाट उक्त पोलिक्लिनिक सञ्चालनमा आएको छ । उक्त पोलिक्लिनिकमा भिडियो एक्सरे, सादा एक्सरे, बिरामी भर्ना, ल्याब, इसिजी, नेबुलाइजर, फार्मेसी, ओपिडी तथा इमरजेन्सी बिरामी भर्ना तथा उपचार सेवा, अक्सिजन सेवा, माइनर ओटी सेवा, २४ सैं घण्टा इमरजेन्सी र अप्रेसन लगायतका अन्य सेवाहरु समेत रहेको पोलिक्लिनिकका सञ्चालक समसाद अलिले जानकारी दिए ।

यो क्षेत्र लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको भएपनि एमबीबीएम डाक्टर सहितको सुविधा सम्पन्न अस्पतालहरु नभएकोले आफूले एमबीबीएम डाक्टर सहितको सुविधा सम्पन्न मुन्नत पोलिक्लिनक सञ्चालनमा ल्याएको सञ्चालक समसाद अलिले बताए । साथै यो क्षेत्रका बिरामीहरु डाक्टर सहितको सेवा लिन कि त नेपालगञ्ज जानु पथ्र्यो की त बुटवल पुग्नुपर्ने बाध्यता रहेको थियो ।

यो पोलिक्लिनक सञ्चालनमा आएपछि अब भने उपचारका लागि बुटवल र नेपालगञ्ज जानु नपर्ने प्रालिका सञ्चालक अलिले बताए । उक्त पोलिक्लिनिकमा राप्ती, गढवा गाउँपालिका, लमही नगरपालिका, प्यूठान र अर्घाखाँचीका नागरिकले सजिलै सेवा लिन सकिने सञ्चालक अलिले बताए । पोलिक्लिनिक सञ्चालनमा आएपछि अहिले दैनिक ३० देखि ४० जनाले सेवा लिन थालेको सञ्चालक समसाद अलिले जानकारी दिए ।

यसैबीच मन्नत पोलिक्लिनिकको लोकतन्त्र दिवसको अवसर पारी शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उक्त पोलिक्लिनिकको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले रिबन काटेर विधिवत् उद्घाटन गरेका हुन् ।

पोलिक्लिनिकका सञ्चालक समसाद अलिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले गा्रमिणभेग नागरिकलाई भरपर्दो सेवा दिनुपर्ने बताएका थिए । उनले यो क्षेत्र राजधानी भइसकेपछि अब यस्तै प्रकारका सुविधा सम्पन्न अस्पतालहरु आवश्यकता रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष सुवेदीले यो पोलिक्लिनिकले नाफा कमाउने भन्दा पनि भरपर्दो तथा विश्वसनिय सेवा दिने कुरामा बढी ध्यान दिनुपर्ने बताए ।

पोलिक्लिनिकका मेडिकल सर्जरी डाक्टर समसाद अहमदको स्वागत तथा बिषय प्रबेशबाट शूरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, राप्ती गाउँपालिकाका प्रबक्ता तथा वार्ड नम्बर ७ का वडाध्यक्ष विद्यासरण चौधरी, वार्ड नम्बर ६ का वडाध्यक्ष बेदप्रसाद चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, नेकपा एमालेका नन्दकुमार चौधरी, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा माओवादी केन्द्रका धर्मराज अधिकारी, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी र प्रगतिनगर सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष शान्तराज शर्मा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन हरिप्रसाद भूसालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]