२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको पथरगढवामा खुलेयो मन्नत पोलिक्लिनिक गरिबलाई निशुल्क सेवा

Logo
प्रकाशित शनिबार, बैशाख ११, २०७८


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका ६ पथरगढवामा अत्याधुनिक सुविधा सम्पन्न सात शैयाको मन्नत पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ । पहिलो पटक एमबीबीएम डाक्टरहरु सहितको अत्याधुनिक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको हो ।
देउखुरीको राप्ती गाउँपालिका—६ भगवानपुर निवासी समसाद अलिको करिब डेढ करोडको व्यक्तिगत लगानीमा उक्त पोलिक्लिनिक सञ्चालनमा आएको हो । उक्त पोलिक्लिनिकमा सात शैयाको बेड रहेको छ, भने मेडिकल सर्जरी डाक्टर समसाद अहमद, सर्जरी डाक्टर फिरोज आलम खान, एमडी डाक्टर नियाम तुल्हा खान र एमडी फरहान खानबाट बिरामीको चेकजाँच सहितको सेवा दिइने पोलिक्लिनिकका सञ्चालक समसाद अलिले बताए । साथै मन्नत पोलिक्लिनिकमा आउने गरिब दुखी आर्थिक अबस्था कम भएका हरुलाई निशुल्क उपचार अपरेसन औषधी दिने जानकारी दिए ।

आफ्नै एक तल्ले ९ कोठे पक्की भवनबाट उक्त पोलिक्लिनिक सञ्चालनमा आएको छ । उक्त पोलिक्लिनिकमा भिडियो एक्सरे, सादा एक्सरे, बिरामी भर्ना, ल्याब, इसिजी, नेबुलाइजर, फार्मेसी, ओपिडी तथा इमरजेन्सी बिरामी भर्ना तथा उपचार सेवा, अक्सिजन सेवा, माइनर ओटी सेवा, २४ सैं घण्टा इमरजेन्सी र अप्रेसन लगायतका अन्य सेवाहरु समेत रहेको पोलिक्लिनिकका सञ्चालक समसाद अलिले जानकारी दिए ।

यो क्षेत्र लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको भएपनि एमबीबीएम डाक्टर सहितको सुविधा सम्पन्न अस्पतालहरु नभएकोले आफूले एमबीबीएम डाक्टर सहितको सुविधा सम्पन्न मुन्नत पोलिक्लिनक सञ्चालनमा ल्याएको सञ्चालक समसाद अलिले बताए । साथै यो क्षेत्रका बिरामीहरु डाक्टर सहितको सेवा लिन कि त नेपालगञ्ज जानु पथ्र्यो की त बुटवल पुग्नुपर्ने बाध्यता रहेको थियो ।

यो पोलिक्लिनक सञ्चालनमा आएपछि अब भने उपचारका लागि बुटवल र नेपालगञ्ज जानु नपर्ने प्रालिका सञ्चालक अलिले बताए । उक्त पोलिक्लिनिकमा राप्ती, गढवा गाउँपालिका, लमही नगरपालिका, प्यूठान र अर्घाखाँचीका नागरिकले सजिलै सेवा लिन सकिने सञ्चालक अलिले बताए । पोलिक्लिनिक सञ्चालनमा आएपछि अहिले दैनिक ३० देखि ४० जनाले सेवा लिन थालेको सञ्चालक समसाद अलिले जानकारी दिए ।

यसैबीच मन्नत पोलिक्लिनिकको लोकतन्त्र दिवसको अवसर पारी शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उक्त पोलिक्लिनिकको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले रिबन काटेर विधिवत् उद्घाटन गरेका हुन् ।

पोलिक्लिनिकका सञ्चालक समसाद अलिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले गा्रमिणभेग नागरिकलाई भरपर्दो सेवा दिनुपर्ने बताएका थिए । उनले यो क्षेत्र राजधानी भइसकेपछि अब यस्तै प्रकारका सुविधा सम्पन्न अस्पतालहरु आवश्यकता रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष सुवेदीले यो पोलिक्लिनिकले नाफा कमाउने भन्दा पनि भरपर्दो तथा विश्वसनिय सेवा दिने कुरामा बढी ध्यान दिनुपर्ने बताए ।

पोलिक्लिनिकका मेडिकल सर्जरी डाक्टर समसाद अहमदको स्वागत तथा बिषय प्रबेशबाट शूरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, राप्ती गाउँपालिकाका प्रबक्ता तथा वार्ड नम्बर ७ का वडाध्यक्ष विद्यासरण चौधरी, वार्ड नम्बर ६ का वडाध्यक्ष बेदप्रसाद चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, नेकपा एमालेका नन्दकुमार चौधरी, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा माओवादी केन्द्रका धर्मराज अधिकारी, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी र प्रगतिनगर सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष शान्तराज शर्मा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन हरिप्रसाद भूसालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!