२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोरोनाले दाङमा वडाध्यक्षकी पत्नीको मृत्यु बबई गाउँपालिका लकडाउन

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

 

दाङ । बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीकी पत्नीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

वडाध्यक्ष ओलीकी पत्नी युवा ओलीको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उनलाई आइतबार मात्रै कोरोना पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । कोरोना संक्रमणले ग्रसित उनको उपचारकै क्रममा मृत्यु भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

गाउँपालिका लकडाउन
यसैबीच संक्रमण तीव्र बनेपछि सोमबार बिहानदेखि बबई गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको छ ।

गाउँपालिकामा कोरोना सङ्क्रमितको संख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए ।

बबई गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]