२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

कैलाली र कञ्चनपुरमा राती ८ देखि विहान ५ बजेसम्म हिडडुलमा रोक सवारी साधन बन्द

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

(सर्मिला बोगटी)
धनगढी । कैलाली र कञ्चनपुरमा आजदेखि निषेधाज्ञा हुने भएको छ। दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिए।

‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ।’ उनका अनुसार रातिको समयमा हिडडुलमा प्रतिवन्द लगाउने निर्णय कार्यान्वयन नभए दुई/तीन दिनभित्रै पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिनेछ।

यस्तै दुबै जिल्लामा भोलिदेखि सार्वजनिक सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमन बन्द गर्ने पनि सहमती बताईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!