२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

पर्सा प्रहरीले बेवारिसे अवस्थामा रहेको भारतीय कार नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८


(रवि वर्णवाल)
वीरगञ्ज । पर्सा प्रहरीले बेवारिसे अवस्थामा रहेको एउटा गाडी बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बाट नम्बर प्लेट नभएको सुजुकी कम्पनीको कार बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतीय कार चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण क्षेत्रहरुमा चलाइरहेको भन्ने सूचना पाएको आधारमा प्रहरीले कारवाहीको सिलसिलामा उक्त कार बरामद गरेको जनाएको छ ।
बेवारिसे अवस्थामा रोकिराखेको कारको हक दाबी गर्न कोही पनि नआएकाले आवश्यक कारवाहीको लागि बरामद कार बुधबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!