२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पर्सा प्रहरीले बेवारिसे अवस्थामा रहेको भारतीय कार नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८


(रवि वर्णवाल)
वीरगञ्ज । पर्सा प्रहरीले बेवारिसे अवस्थामा रहेको एउटा गाडी बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बाट नम्बर प्लेट नभएको सुजुकी कम्पनीको कार बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतीय कार चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण क्षेत्रहरुमा चलाइरहेको भन्ने सूचना पाएको आधारमा प्रहरीले कारवाहीको सिलसिलामा उक्त कार बरामद गरेको जनाएको छ ।
बेवारिसे अवस्थामा रोकिराखेको कारको हक दाबी गर्न कोही पनि नआएकाले आवश्यक कारवाहीको लागि बरामद कार बुधबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]