२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

बर्दिया प्रहरीले लक्डाउन उल्लंघन गर्ने बसलाई नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

(महेन्द्र सिंह)
बर्दिया । निषेधाज्ञा उल्लंघन गरी चलाएको बस प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले बैशाख १३ गते देखि जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक सामाग्री ओसार पसार गर्ने बाहेक यात्रु वाहक कुनै सवारी साधन संचालन गर्न नपाईने प्रशासनले जनाएको छ । निषेधाज्ञा उल्लंघन गरी यात्रु ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले ना ५ ख ५१४८ नम्बरको बस नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा पेश गरेको हो

। प्रमुख जिल्ला अधिकारीले रोग संक्रमण ऐन २०२० अनुसार बस चालकलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए । बुधबार प्रहरीले निषेधाज्ञा गर्ने दुई बस राजापुरबाट नियन्त्रणमा लिई कारबाही गरेको थियो ।

महामारीको यस अवस्थामा यात्रु एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा कोरोना संक्रमण झन् बढ्ने सम्भावना हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!