२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया प्रहरीले लक्डाउन उल्लंघन गर्ने बसलाई नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

(महेन्द्र सिंह)
बर्दिया । निषेधाज्ञा उल्लंघन गरी चलाएको बस प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले बैशाख १३ गते देखि जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक सामाग्री ओसार पसार गर्ने बाहेक यात्रु वाहक कुनै सवारी साधन संचालन गर्न नपाईने प्रशासनले जनाएको छ । निषेधाज्ञा उल्लंघन गरी यात्रु ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले ना ५ ख ५१४८ नम्बरको बस नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा पेश गरेको हो

। प्रमुख जिल्ला अधिकारीले रोग संक्रमण ऐन २०२० अनुसार बस चालकलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए । बुधबार प्रहरीले निषेधाज्ञा गर्ने दुई बस राजापुरबाट नियन्त्रणमा लिई कारबाही गरेको थियो ।

महामारीको यस अवस्थामा यात्रु एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा कोरोना संक्रमण झन् बढ्ने सम्भावना हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]