२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिडियो कुरुनबाङको नेतृत्वमा जोखीम सडकको तत्काल मर्मतका लागि अनुगमन

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८


(ABC-Sanchar)
दाङ । राप्ती क्षेत्रको मुख्य सडकको पछिल्लो अवस्थाको वारेमा स्थलगत अनुगमन गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको आग्रहमा प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुख सहितको टोलीद्धारा भालुवाङ देखी सिंगे क्षेत्रको सडक बाटोको अवस्थाको अनुगमन गर्नुभएको हो ।

महेन्द्र राजमार्ग अन्तरगत भालुवाङ देखी सिंगे क्षेत्रको सडक वर्षा संगै खाल्टा खुल्टी पर्दा दुर्घटनाको जोखीम बढ्दै गएकोले मर्मतका लागि अनुगमन गरिएको हो ।
अनुगमन पश्चात राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ तथा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख निरज शाक्य विच विग्रीएको सडक तत्काल मर्मत सुरु गर्ने योजना निर्माण गरिएको छ ।

सडकको अवस्था अनुगमनको क्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडा नं १ का वडा अध्यक्ष तारा डिसी लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]