
(ABC-Sanchar)
दाङ । १६ सय धरौटी बुझाउन नसकेकर कारागार चलान भएका युवा छुटेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १० का रुपेश चौधरी सात दिनको कारागार बसाई पछि साउन ३१ गते कारागारबाट छुटेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गबाङले जानकारी दिनुभएको छ ।
गएको साउन २५ गते सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धामा उनलाई १६ सय रुपैयाँ जरिमाना तोकिएको थियो । तोकेको जरिमाना बुझाउन नसके पछि दैनिक ३ सय रुपैयाँ कट्टा हुने गरी उनलाई कारागार चलान गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्बाङ्गले बताए ।