२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

द मिरर अफ सोसाइटी साप्ताहिक पत्रिकाको बिमोचन सम्पन्न

Logo
प्रकाशित सोमबार, भाद्र १४, २०७८

(ABC-Sanchar)
बिरगंज । आज एक कार्यक्रमको बीच प्रदेश नम्बर २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले वीरगंजबाट प्रकाशित हुने रंगीन मासिक पत्रिका ‘द मिरर अफ सोसाइटी’ र वीरगंज सञ्जाल साप्ताहिक पत्रिकाको बिमोचन गर्नु भयो । उनले पत्रिकाको उज्वाल भविष्यको कामना गर्दै आफू र सरकार बाट हुने सहयोग गर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले खानेपानीको समस्याबाट गुज्रिरहेका बाराको अमलेखगञ्जका बासिन्दालाई समस्याबाट मुक्त गराउने प्रयासमा आफु लागेको बताए । उनले प्रदेशमा खानेपानी र उर्जाको विकासका लागि आफू सदैव तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

द मिरर आफ सोसाइटीका प्रकाशक एवम् सम्पादक आर.सी. यादवको सभापतित्वमा भएको बिमोचन कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठले सम्बोधन गर्दै पत्रिकलाई समय सापेक्ष खोज र अनुसन्धान मूलक बनाउन आउने दिनमा पत्रिकामा समय अनुकूल बनाउन सलाह दिए।

यसै गरी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताले यस्तो खालको पत्रिका हामी काठमाण्डौं बाट प्रकाशन हुने मात्र पाएका थियौ भन्दै अब द मिरर ऑफ सोसाइटीले यहाको कुरा र उधोगी व्यपारिकों कुरा समेटेर वीरगंज र यहांकों समस्या र अनुसन्धान मूलक समाचारलाइ प्राथमिकता दिनु पर्ने कुरा राख्नु भयो ।

‘द मिरर अफ सोसाइटी’ र वीरगंज सञ्जाल साप्ताहिक पत्रिकाको बिमोचन कार्यक्रमलाई संबिधान सभा सदस्य आत्माराम साह , पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब दिपेन्द्र चौहान, पर्साका अध्यक्ष अनुप तिवारी , वरिष्ठ पत्रकार धुर्व साह , जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्धिन समानी, नेपाली कांग्रेशका नेता मोहमद सहाबुदीन , नेकपा एमालेका नेता बाबुराम कौशिक, महिला नेत्री रेखा साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका सह-संपादक वीरेन्द्र साह र पत्रिकाको बारेमा सह – संपादक पनालाल साहले आफ्नो धारणा राखेका थिए । वीरगञ्ज सञ्जालका प्रकाशक कृष्ण श्रीवास्तवले वीरगंज संजाल एउटा सानो पेज बाट सुरू गरेको यात्रा आज पत्रिकाको रुपमा आएको र यो पत्रिकाले सबैको भावना समेटने बताए ।कार्यक्रमको सहजिकरण रेखा सिँहले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]