१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा गोविन्द रिजाल सरुवा

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८


(ABC-Sanchar)
काठमाडौं । प्रमुख जिल्ला अधिकारीमा गोबिन्द रिजालको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो ।
पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो ।
सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!