१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बर्दिया प्रहरीले अबैध ६१ क्विन्टल केराउ र ट्याक्टरसहित १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८


ABC (क्राईमबिट)
बर्दिया । प्रहरीले ४ लाख ३० हजार ५ सय बराबरको ६१ क्विन्टल ३० किलोग्राम केराउ चोरी निकासी गरी भारत तर्फ लैजांदै गरेको अवस्थामा फेला पारी केराउ सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी निरिक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं.७ बस्ने २० वर्षका रामकुमार चौधरी सहित उनले चलाएको भे.१ त.९६५५ नं.को ट्याक्टरमा लोड गरी चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

बर्दिया मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउमा ट्याक्टरमा लोड गरीएको अवस्थामा ३९ क्विन्टल ३० किलोग्राम र सोही उद्देश्यले सोही स्थान नजिकै थुपारी राखेको २२ क्विन्टल गरि ६१ क्विन्टल ३० किलोग्राम केराउ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिएका छन् ।

नियन्त्रणमा लिईएको केराउ, ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!