२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरी रुपन्देहीले ६ लाख बराबरको अबैध सुपारी सहित बरामद

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

ABC (क्राईमबिट)
रुपन्देही । सशस्त्र प्रहरीले अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ६ लाख रूपैयाँ बराबरको सुपारी बरामद गरेको छ।

रुपन्देही सिद्धार्थनगर नगरपालिकाको सीमा ईलाका हुँदै अवैध रुपमा भारततर्फ कटिङ्ग सुपारी चोरी निकासी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा २० वटा बाेरामा राखेको करीब ६ लाख रूपैयाँ बराबरको १ हजार किलो सुपारी सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको टोलीले बिहीबार बिहान बरामद गरेको हाे।

उक्त कटिङ्ग सुपारी भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाउने प्रक्रियामा रहेको एसपी राजेश उप्रेती बताए।

साथै उक्त कटिङ्ग सुपारीलाई कहाँबाट ल्याएको र ओसार-पसार कार्यमा को-को संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान भईरहेको एसपी उप्रेती जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]