१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

स्रोत नखुलेको ११ लाखसहित १ जना भारतीय नागरिक नागढुंगाबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८


ABC (क्राईमबिट)
काठमाडौँ । स्रोत नखुलेको रकमसहित काठमाडौँको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार आदकले बोकेको झोलामा उक्त रकम फेला परेको र सोधपुछ गर्दा स्रोत नखुलेपछि उनलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आदकलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!