१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

भदौ २५ गतेदेखि भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

काठमाडौँ । पशुपतिनाथको मूल मन्दिर आज (शुक्रबार) बाट भक्तजनका लागि खुल्ला गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला भएको हो ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एक पटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।

लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा हिजो (बिहीबार) क्षमापूजा गरिएको थियो ।
विसं २०७६ चैत महिनामा नेपालमा पहिलो पटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

विसं २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र सुरु गरिएको थियो ।

कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!