१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

प्रहरीले २ किलो अफिमसहित काठमाडौंबाट ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीले दुई किलो २२४ ग्राम लागुऔषध (अफिम) सहित तीन जनालाई पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले लागुऔषध अफिम कारोवार गर्ने पूर्वी रुकुमका ४१ वर्षीय धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुनलाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले पुनलाई काठमाडौँ महानगरपालिका–२६ ठमेल र अन्य दुईलाई मित्रनगर, नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ठमेलमा अफिम बोकेर कारोवार गर्न हिँडिरहेको अवस्थामा पुनलाई पक्राउ गरेर सोधपुछ गर्दा अन्य दुई जनासँग पनि अफिम रहेको खुलेपछि तीन जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पुनसँग एक किलो २०० ग्राम र अन्य दुईसँग एक किलो २४ ग्राम अफिम बरामद गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!