१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

कोभिडका कारण होटलमा छैन उत्साह : बुकिङहरु रद्द होटल व्यावसायि धरापमा

Logo
प्रकाशित सोमबार, भाद्र २८, २०७८

(ABC-Sanchar)
काठमाडौं । शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी पर्यटक नेपाल आउछन् । कोभिड–१९ महामारीको जोखिम नभइदिएको भए यतिखेर विदेशी पर्यटकले नेपालका होटल भरिभराउ हुनेथिए भने पदमार्ग र अन्य धार्मिकस्थलमा विदेशी खचाखच हुन्थे । राजधानीको ठमेललगायत देशका प्रमुख पर्यटकीय गन्तव्यमा विदेशी नागरिकको भीडभाड हुन्थ्यो तर कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको मुलुकको पर्यटन क्षेत्रमा अहिले पनि खासै उत्साह छैन । पर्यटन पूर्वाधारमा लगानी बढाएका व्यसायी निरास छन् । पर्यटनसँग जोडिएका सबैजसो व्यापार व्यवसाय चौपट छ । झिनो सङ्ख्यामा भए पनि पर्यटक पाहुनाको पर्खाइमा छन् व्यवसायी ।

कोभिडको दोस्रो लहरपछि नेपालको पर्यटन क्षेत्रमा सकारात्मक गतिविधि बढ्ने अपेक्षा थियो । अझै पनि तेस्रो लहरको जोखिम कायमै रहेकाले पर्यटक र पर्यटकीय गतिविधि बढ्ने अवस्था छैन । यतिखेर पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेका छन् । महामारीकैबीच बुकिङ रद्द भएपछि व्यसायीमा थप त्रास बढेको छ । पर्यटकस्तरदेखि तारे होटलका बुकिङ धमाधम रद्द भइरहेको होटल सङ्घ नेपाल ९हान० ले जनाएको छ । अहिले राजधानी काठमाडौँमा निषेधाज्ञा हटेको छ । सबै होटल खुलेका छन् तर होटलमा ग्राहक छैनन् । तत्कालै विदेशी नेपाल आउने अवस्था पनि छैन । हानका प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटकीय याममा धमाधम बुकिङ रद्द हुनुले व्यसायीलाई थप निरास तुल्याएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “होटल त खुलेका छन् पाहुना छैनन् । बुकिङ पनि रद्द भइरहेका छन् यसले होटल क्षेत्रलाई झनै निरास बनाएको छ । खर्बौंको लगानी जोखिममा छ ।”

सेप्टेम्बरको मध्यतिर पनि नेपाल आउनेखाले विदेशी नागरिक तत्काल आउने अवस्था छैन । विमानस्थल होटलमा अल्पाइन ग्रुपका जर्मन नागरिक करिब ५० जनासम्म हरेक वर्ष वार्षिकोत्सव मनाउन नेपाल आउने गरेका थिए । यो पटक उनीहरु आउने अवस्था छैन । बुकिङ रद्द गर्दैछन् । सगरमाथा आधार शिविरसम्म यात्रा गर्ने ती विदेशीले यो वर्ष यात्रा रद्द गरेका हुन् ।

हानका अनुसार अहिले आधाभन्दा बढी बुकिङ रद्द भइसकेका छन् । नेपाल आउने विदेशीले वर्षदिनदेखि छ महिनाअघि बुकिङ गर्छन् । पन्ध्र दिनअघिसम्म बुकिङ रद्द गर्दा शुल्क लाग्दैन । नेपालमा वर्षायाम सकिएलगत्तै विदेशी आउन थाल्छन् । विशेषगरी अक्टोबर, नोभेम्बर र डिसेम्भर महिनामा विदेशी पर्यटक बढी आउछन् । हानमा आबद्ध साना ठूला गरी करिब चार हजार होटल छन् ।
हानका उपाध्यक्ष सामान्य अवस्थामा यो याममा करिब ८० प्रतिशत होटल बुकिङ हुन्थ्यो । अहिले १० प्रतिशतभन्दा कम बुकिङ थियो । सन् २०२० मा पनि करिब १० प्रतिशत मात्रै बुकिङ थियो । नेपाल आउने विदेशी पर्यटकले अहिले सात दिन क्वारेन्टिन बस्नुपर्छ । खोपको मात्रा पूरा गरेर आए पनि क्वारेन्टिन बस्नुपर्ने बाध्यता र अनअराइभल भिसाको सुनिश्चितता नहुँदासम्म पर्यटक नबढ्ने व्यवसायीको भनाइ छ । यो पटक पर्यटक बढ्नेछन् किनकी विदेशी राहदानी भएका नेपाली आइरहेका छन् । कूटनीतिक नियोग, गैरसरकारी संस्था, बहुर्राष्ट्रिय कम्पनीका कर्मचारी पनि नेपाल भित्रिइरहेका छन् । अक्टोबर महिनामा हुने गैर आवासीय नेपाली सङ्घको निर्वाचनले पनि यो वर्ष नेपाल आउनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले मुख्य पर्यटकीय याममा पनि बुकिङ रद्द भइरहनुले व्यवसायीलाई थप निरास तुल्याएको भन्दै खोप लगाएर आउने पर्यटकलाई सहजै नेपालका गन्तव्यमा घुम्ने वातावरण सिर्जना गरिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अक्टोबरका लागि ग्रुप रद्द भइसके, व्यवसायीको ठूलो लगानी धराशायी अवस्थामा छ, खोप लगाएका पर्यटकलाई सहजरुपले आउन दिनुपर्छ, यो सिजनमा पनि पर्यटक आउन नदिने हो भने व्यवसायी पलायन हुनुपर्ने अवस्था आउँछ । अध्यक्ष गुरागाइँले खोप लगाएर आउने विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल प्रवेशाज्ञा ९भिसा० को व्यवस्था गरी हालको क्वारेन्टिन बस्नुपर्ने बाध्यता हटाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भारतीय पर्यटकलाई सहजरुपमा नेपाल आउने वातावरण बनाउन सम्बन्धित निकायले पहल लिनुपर्ने जिकिर गर्नुभयो । नेपालमा १६० भन्दाबढी मुलुकका विदेशी नागरिक विभिन्न प्रयोजनका निम्ति आउने गरेका छन् । पर्यटन उद्योगको संरक्षण र प्रवद्र्धनका लागि राज्यले घोषणा गरेका कार्यक्रमको कार्यान्वयनको वातावरण नबन्दा असहज परिस्थिति आएको हानका उपाध्यक्ष शाहको गुनासो छ । उहाँले नीतिगत निर्णय गरेर अघि बढेको खण्डमा विदेशी पर्यटक भित्रिने वातावरण बन्ने भन्दै त्यसका लागि सरकारले बजेट तथा आर्थिक नीतिमा उल्लेख गरेका कामको चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
बजेटमा घोषणा भएको विदेशी पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा, अनअराइभल प्रवेशाज्ञा जस्ता विषयको तत्काल कार्यान्वयन गरी भारत र चीनको सीमाबाट सहजरुपमा पर्यटक आउने वातावरण बनेमा पर्यटन क्षेत्रलाई राहत हुने उहाँको भनाइ छ ।

अहिले पनि युरोप, अमेरिका, अष्ट्रेलियालगायत महत्वपूर्ण देशले ट्राभल एड्भाइजरी जारी गरी नेपाल आउन प्रतिबन्ध लगाएका छन् । नेपाल सरकारले ट्राभल एड्भाइजरी हटाउन पहल गर्नुपर्ने, प्रतिस्थापन बजेटमार्फत १० दिनको काज बिदाको व्यवस्था तत्काल लागू गर्नुपर्ने व्यवसायीको माग छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ (नेपाल) टानका अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले बजेट र आर्थिक नीतिमा घोषणा गरेका कार्यक्रम चाँडो कार्यान्वयन नगरे व्यवसायी पलायनको अवस्था आउनसक्ने भन्दै पर्यटन पुनरुत्थान र प्रवद्र्धनका लागि साझा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो । उहाँले खोप लगाएर आउने पर्यटकको सहजताका लागि अनआराइभल भिसा तथा क्वारेन्टिन बस्नुपर्ने बाध्यता हटाइनुपर्ने माग । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!