१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

पर्सा प्रहरीले भारतीय १ लाख ४८ हजार सहित १ जना पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ३०, २०७८


ABC (क्राईमबिट)
बिरगंज । वीरगञ्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साकाे बहुदरमाई नगरपालिका ४ का २५ वर्षीय अजय कुमार शर्मा रहेको पर्सा प्रहरीले जनाएको छ ।

इनर्वा चौकिबाट खटेको टोलीले रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा १ लाख ४८ हजार ५ सय रुपैयाँ भारतीय नोट फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
ना.१५ प २३७२ नम्बरको मोटरसाइकलमा रक्सौलबाट आइरहेका शर्माले बोकेको झोला जाँच गर्दा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको नोट २ सय ९६ थान र रु १ सयको नोट ५ थान गरी जम्मा १ लाख ४८ हजार ५ सय फेला परेको उनले बताए ।

प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ परेका शर्मासहित मोटरसाइकललाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पनि प्रवक्ता खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

error: Content is protected !!