१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

एसपी पाण्डेको ठुलो सफलता हुन्डी कारोबार साढे ३८ लाखसहित २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ३१, २०७८

(रवि वर्णवाल)
पर्सा । बिरगंज प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका ६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिए। प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो।

उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले बिहीबार जानकारी दिएको छ।ज्वेलर्सबाट मुद्राको अवैैध कारोबार भइरहेको सूचनाका आधारमा छापा मारिएको एसपी पाण्डेले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

error: Content is protected !!