२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

संविधान दिवसमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोह सम्पन्न

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८


(ABC-Sanchar)
काठमाडौं । संविधानका धाराहरु व्यवस्थित नहुँदा आज राजनीतिक पार्टीहरू टुक्राटुक्रा भएका छन् – बामदेव गौतम
३ असोज, २०७८ काठमाडौँ : संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोह २०७८ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा विभिन्न कार्यमा संलग्न भएका व्यक्तिहरूलाई सम्मान गरियो ।
उपराष्ट्रपति परमान्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, नेताहरू अर्जुन नरसिंह केसी, रामकृष्ण कर्माचार्य, राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेशजंग कुँवरलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै देशले पाएको संविधान जनताको हितमा लागू गर्नु पर्ने बताए । यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले संविधानलाई व्यवस्थित गर्न नसकेकाले राजनीतिक दलहरू एक आपसमा विभाजित हुनु पर्ने अवस्था आएको बताए । उनले भने, ‘संविधानका धाराहरु व्यवस्थित नहुँदा आज राजनीतिक पार्टीहरू टुक्राटुक्रा भएका छन्, संविधान रक्षकले नै बारम्बार संविधानमाथि हस्तक्षेप गरे ।’

कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरू डा. सुरज कर्माचार्य, आनी भिमसुवा गुरुङ, शशी शर्मा पौडेल, विजयकुमार शिरनेथ ठकुरी, अम्बिका केसी, बसुमाया तामाङ, पारु गुरुङ्ग, शोभा पाठक, नारायण भट्टराई, भीष्मराज फुलाराज्य, सचिन अधिकारी, सुभाष कुँवर लगायतलाई सम्मान गरिएको थियो । मात्रीभुमि न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]