१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बाँके प्रहरीले सेवा निवृत्त प्रहरी ना.नि. रमा श्रिषको भब्य बिदाई गर्‍यो

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपाल प्रहरीमा मिति २०४८।०८।१७ गते नेपाल प्रहरी संगठनमा प्रवेश गरि देशका विभिन्न जिल्लाहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठापुर्वक समर्पित भई संगठनले दिईएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले ईमान्दारिताका साथ सफल कार्यकाल पुरा गरि सेवा अवधिको आधारमा अनिवार्य अवकास भई जान लाग्नु भएका प्र.ना.नि.रमा श्रिषलाई जि.प्र.का.बाकेको तर्फबाट बिदाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा अवकास भई जान लाग्नु भएका प्र.ना.नि.रमा श्रिषले आफु संगठनमा रहदा सदैव संगठनको हित हुने काम गरेको र अवकास पछिका दिनमा पनि संगठनलाई हित हुने काम गर्छु भन्दै प्रहरी सेवाबाट अवकास भएता पनि संगठनको सदस्य सदैव रहि रहने भएकोले अवको नागरिक जिवनमा समेत प्रहरी संगठनलाई सहयोग हुने काममा निरन्तर लाग्ने अभिव्यक्ति व्यक्त गर्दै विभागले आवश्यक ठानेको बखतमा अवकास पछिको दिनमा पनि देश र जनताको निमित्त सदैव तत्पर रहने छु भन्दै आफ्नो मनतव्य व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा यस कार्यालय प्रमुख प्र.उ.श्याम कृष्ण अधिकारीज्यूले आज अवकास भई जान लाग्नु भएका प्र.ना.नि.रमा श्रिषले नेपाल प्रहरी संगठनमा रहि ईमान्दारीताका साथ संगठनलाई दिएको अमुल्य योगदान प्रति उच्च सम्मान व्यक्त गर्दै जि.प्र.का.बाँकेको तर्फबाट मायाको चिनो प्रदान गर्दै अवकास पछिको व्यक्तिगत तथा पारिवारिक जिवन सुखमय रहोस भनि शुभ-कामना व्यक्त गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!