२३ मंसिर २०८२, मंगलबार
09-12-2025 , Tue
×

पाल्पाम पहिलो पटक विद्युत् पुगेपछि स्थानीयवासीहरु उत्साहित हुँदै

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८


(ABC-Sanchar)
पाल्पा । निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत् पुगेको हो ।

करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। साविक ज्यामिरे गाउँ विकास समिति–१को चारघरे, ज्यामिरे क्षेत्र अहिले विद्युत् सुविधा उपभोग गर्ने पहिलो गाउँ बनेको छ ।

स्थानीयवासी मुक्तबहादुर पाटाले बिजुली बत्ती उपभोग गर्न पाएपछि लेखपढ गर्न, खाना पकाउन, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको छ भने। लामो समयदेखि विद्युत् सेवाको पर्खाइमा रहेका निस्दीको ज्यामिरे, चारघरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

टुकीको भरमा जीवन बिताएका यहाँका बासिन्दा विद्युत् सुविधाले गाउँ नै उज्यालो बनेको देख्दा दङ्ग भएको लालीगुराँस सामुदायिक विद्युत् सहकारी संस्थाका अध्यक्ष दुर्गबहादुर सोमैले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै प्रसाईँले माफी मागेका हुन् । उनले भने  ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ।’ त्यस […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको कार्यालय तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियमसम्बन्धि सचेतना कार्यक्रम गर्नुका साथै हुस्सु, कुहिरोको कारणले हुन सक्ने सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी साधनमा रेडियम स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बाँके । संयुक्त सिमा गस्ती वडा एरिया अन्तर्गत पर्ने नेपाल – भारत सिमा क्षेत्रमा हुने अवैध गतिबिधी रोक्न, शान्ति सुरक्षाको सुनिश्चितता गर्न, सिमा सुरक्षा कायम गर्न, चोरी झैंझगडा रोकथाम नियन्त्रण गर्न तथा समकक्षी सुरक्षा निकायसंगको सम्बन्ध सुमधुर कायम गर्ने उद्देश्यले यस इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल बि.ओ.पि.बढैया र भारतिय सीमा सुरक्षा बल सीमा […]

error: Content is protected !!