२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

नेपाल प्रहरीका डिआइजी सहित विभिन्न रिक्त पदहरुमा बढुवा सिफारिस

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फ रिक्त विभिन्न पदमा बढुवा भएको छ । इन्जिनियरीङ उपसमूहअन्र्तगत डिआइजीको रिक्त पदमा एसएसपी फणिन्द्र बरालको बढुवा सिफारिस भएको छ । भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको रिक्त पदमा उनको बढुवा हुन सिफारिस भएको हो ।

त्यस्तै, प्रहरी अस्पतालमा एसएसपीका रिक्त दुई पदमा डा अभिमन्यु श्रेष्ठ र डा विपिन कुमार श्रेष्ठको बढुवा सिफारिस भएको छ ।
संगित समूहतर्फ डिएसपीको रिक्त पदमा भुलाराज खनालको बढुवा सिफारिस भएको छ ।
त्यस्तै, जनपथतर्फ तीन सय ६७ असईको सइमा बढुवाको निर्णय समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।