२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

गृहमन्त्री खाँडलाई डिआइजी आचार्यको चुनौती दरबन्दी नगएर हेट-क्वाटरमा हाजिर किन?

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले गरेको सरुवा नेपाल प्रहरीका एक डिआइजीले अस्वीकार गरेका छन् । आफुलाई अपमान गरिएको भन्दै डिआइजी मुकुन्द आचार्यले सरुवा अस्वीकार गरेका हुन् ।

एक महिनाअघि गृह मन्त्रालयले आचार्यलाई लुम्बिनी प्रदेश कार्यालयको प्रमुखबाट लागू औषध अनुसन्धान ब्यूरोमा सरुवा गरेको थियो । पार्टीका नेताहरूको सिफारिसअनुसार काम नगरेको भन्दै उनलाई पाँच महिनामै लुम्बिनी प्रदेशबाट हटाइएको थियो । त्यसको क्षतीपूर्तिका लागि भन्दै ब्यूरोमा इन्चार्जका रुपमा पठाइएको थियो । तर, ब्यूरोमा डिआइजीको दरबन्दी नै थिएन । दरबन्दी नभएको ठाउँमा जान उनले अस्वीकार गरेका हुन् । इन्चार्जको लोभ छाडेर उनी प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छन् ।

कुनै गल्ती नगर्दा र राजनीतिक दलका नेताको अनुचित दबाब नमान्दा उनलाई अपमानजनक रुपमा हटाइएको थियो । खासगरी, कांग्रेस नेता देवेन्द्रराज कँडेललगायतको दबाबमा उनलाई हटाइएको स्रोत बताउँछ । आचार्य नवलपरासीको एसपी हुँदादेखि नै कँडेलसँग उनको विवाद थियो । पछि दुर्घटनामा नवलपरासीको बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको मृत्यु भएको घटनामा समेत कँडेलले डिआइजीलाई जोडेर बदनाम गराउने प्रयास गरेका थिए । जसमा गृह मन्त्रालयले छानबिन समेत ग¥यो । जसमा इन्सपेक्टर वाग्लेको दुर्घटनामा मृत्यु भएको प्रष्ट भयो ।

पछि कांग्रेस महाधिवेशनको कारण देखाएर उनलाई त्यहाँबाट सरुवा गरिएको थियो । महाधिवेशनमा गृह क्षेत्रमा आफु अनुकुल प्रहरी लैजानुपर्ने भन्दै उनले राम्रो काम गर्दा गर्दै पनि डिआइजीलाई हटाएका थिए । लागू औषध ब्यूरोमा डिआइजीको दरबन्दी राखिने भनेर उनको सरुवा भएको थियो । जसको अझै प्रक्रिया अघि समेत बढेको छैन ।

त्यस्तै, महाधिवेशनको मुखमा गृहमन्त्रीले गृहजिल्ला रुपन्देहीका विभिन्न वडा कार्यालयका इन्सपेक्टर फेरेका थिए । पास आउट भएको एक वर्ष पुगेका इन्सपेक्टरलाई समेत नेताको सिफारिसको आधारमा इन्चार्ज बनाइएको थियो । जबकि, साउनमा हुनुपर्ने इन्सपेक्टर र लेखापालको नियमित सरुवा भने अझै हुन सकेको छैन ।
त्यस्तै, चलखेलका आधारमा एआइजी र डिआइजीको दरबन्दी थप्ने प्रक्रिया पनि अघि बढाइएको छ । तर, अर्थ मन्त्रालयले यसमा सहमति दिएको छैन । डिआजी रविन्द्र धानुकलाई एआइजी बनाउने सर्तमा मात्र अर्थमन्त्री जनार्दन शर्माले दरबन्दी थप्न स्वीकृती दिने सम्भावना रहेको स्रोत बताउँछ । एआइजी बढुवामा धानुकसहित उत्तम सुवेदी, धिरजप्रताप सिंह, बसन्त लामा, अरुण बिसी लगायत प्रतिस्पर्धामा छन् । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!