२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

भारतको प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाउने यादवलाई गोली प्रहार

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८



(ABC-Sanchar)
डिल्ली । युपीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गाली हानेका छन् ।

गोली उनको खुट्टामा लाग्यो । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ ।

सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन् ।
रिता यादवले मिडियालाई दिएको बयानमा भनेकी छिन्, ‘म पोस्टर बनाउन सुल्तानपुर गएकी थिएँ, त्यहाँबाट घर गइरहेकी थिएँ । त्यति नै बेला हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर मेरो बोलेरोलाई रोके र गाली गर्दै मार्ने धम्की दिए ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!