२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीका २६ जना एसएसपीको एकैपटक सरुवा भएको छ

Logo
प्रकाशित शुक्रबार, पुष २३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेका हुन् । २६ जना एसएसपीको सरुवा हुदाँ महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान व्यूरोका प्रमुख पनि फेरिएका छन् । जसमा महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत बसन्तबहादुर कुँवरलाई दिइएको छ । महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका चन्द्रकुवेर खापुङको भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतकाे अपराध अनुसन्धान महाशाखामा सरुवा भएको छ ।

प्रवक्ता कुँवरको ठाउँमा भने नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत बिष्णुकुमार केसीको सरुवा भएको छ । यदि एसएसपीलाई प्रवक्ताको जिम्मेवारी दिइए उनी नै प्रहरी प्रवक्ताको जिम्मेवारी पाउनेछन् । विशेषगरी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)लाई प्रवक्ताको जिम्मेवारी दिइने प्रावधान छ । त्यसो गरेमा भने प्रहरी महानिरीक्षको सचिवालयमा कार्यरत डीआईजीपी बसन्तकुमार लामाले प्रवक्ताको जिम्मेवारी पाउनेछन् । तर, लामो समयदेखि भने एसएसपीले बसन्तबहादुर कुँवरले नै प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रधान कार्यालयकाे अपराध अनुसन्धान विभाग अन्तरगत रहेकाे अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशीलाई दिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका जनक भट्टराईको संघीय प्रहरी प्रदेश कार्यालय भैरहवामा सरुवा भएको छ । उक्त कार्यालयमा कार्यरत एसएसपी शुशिलकुमार यादवको मृत्यु भएपछि रिक्त रहेको थियो ।

यस्तै मानव बेखविखन अनुसन्धान व्यूरो प्रमुखको जिम्मेवारी प्रहरी प्रधान कार्यालय अन्तरगतकाे कार्य विभाग कार्य निर्देशनालयमा कार्यरत एसएसपी टेकप्रसाद राइलाई दिइएको छ । मानव बेखविखन अनुसन्धान व्यूरो प्रमुखकाे जिम्मेवारीमा रहेकी दुर्गा सिंहको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा रहेका चक्रबहादुर सिंहको भने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सरुवा भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्ज कार्यालयमा कार्यरत किरण राणाको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भिमप्रसाद ढकालको भने अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ । अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा कार्यरत राजेशनाथ बास्तोलाको भने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत नलप्रसाद उपाध्यायको केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएको छ । केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका सुदिप गिरीको यस अघि नै महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएपछि रिक्त रहेको थियो ।

यस्तै प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत पुजा सिंहको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवामा केहि दिन अघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंबाट सरुवा भएर गएका अशोक सिंहको सरुवा भएकाे महिना नवित्दै प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा भएपछि रिक्त भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]