०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा नेपाल सुशासन पार्टी आयोगमा दर्ता

Logo
प्रकाशित शुक्रबार, पुष २३, २०७८

(ABC-Sanchar)
काठमाडौँ । पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा ४७ सदस्यीय नेपाल सुशासन पार्टी बुधवार निर्वाचन आयोगमा दर्ता भएको छ।

पार्टीको अध्यक्षमा खरेल, पाँच उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल रहेका छन्।

महासचिवमा गोविन्द गिरी रहेका छन्। बहुपदयी संरचनाको सुशासन पार्टीमा पाँच सचिव छन्स भने चिवहरूमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन्।

यसैगरी कोषाध्यक्षमा भक्तबहादुर केसी र सह कोषाध्यक्षमा मीनकुमार श्रेष्ठ रहेका छन् ।

अध्यक्ष खरेलले बिहीबार विज्ञप्ति जारी गर्दै सुशासन पार्टीले हिमाल, पहाड, तराई, मधेसको सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माण, समन्यायिक सेवामा जोड दिने बताएका छन् ।

‘राजनीति सेवा हो पेसा होइन भन्ने कुरा सुशासन पार्टी दृढ रहने छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘छिट्टै घोषणा सभामार्फत् आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरू जनतामाझ राख्ने तयारी छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

error: Content is protected !!