२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

बिरगंजमा ११ वर्षीय बालिकाको शब फेला हत्या भएको आशंका ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८


ABC (क्राईमबिट)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोलमा १ बालिकाको शब फेला परेको छ ।
कञ्चनजंघा माद्यामिक विद्यालयको दक्षिणतिर निर्माणाधिन भवनको गल्लीमा ११ वर्षीय बालिकाको शब फेला परेको हो ।
शब शंकास्पद भएको हुँदा हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । आशंकाको आधारमा ३ जनालाई नियन्त्रण्मा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार शबलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको छ ।

वीरगञ्जमा २ दिनमै २ जनाको शब शंकास्पद अवस्थामा फेला परेपछि नागरिकमा त्रास छाएको छ । यसअघि वीरगञ्जको ईटियाहीमा पनि १ जनाको शब फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!