२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

बिरगंजमा ११ वर्षीय बालिकाको शब फेला हत्या भएको आशंका ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८


ABC (क्राईमबिट)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोलमा १ बालिकाको शब फेला परेको छ ।
कञ्चनजंघा माद्यामिक विद्यालयको दक्षिणतिर निर्माणाधिन भवनको गल्लीमा ११ वर्षीय बालिकाको शब फेला परेको हो ।
शब शंकास्पद भएको हुँदा हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । आशंकाको आधारमा ३ जनालाई नियन्त्रण्मा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार शबलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको छ ।

वीरगञ्जमा २ दिनमै २ जनाको शब शंकास्पद अवस्थामा फेला परेपछि नागरिकमा त्रास छाएको छ । यसअघि वीरगञ्जको ईटियाहीमा पनि १ जनाको शब फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]