२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बाँके प्रहरीले नेपालगन्जबाट लागूऔषध लाखौं रुपैयासहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १०, २०७८

ABC (क्राईमबिट)
बाँके । सिमा प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डसहित रहेको लागू औषध व्युरो र जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको टोलीले नेपालगञ्ज १७ स्थित चौलिका चोकदेखि पश्चिम तर्फबाट ३० ग्राम लागूऔषध ब्राउनसुगर र १ लाख ८० हजार ९ सय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा ४५ बर्षीया मुन्नी जोलाह, ३५ बर्षीया जरिना अन्सारी र ३९ बर्षीय कल्लु जोलाह रहेका छन् । लुकिछिपी नेपालगञ्जतर्फ आउँदै गरेका तीन जनालाई प्रहरीको टोलीले नेपालगन्ज १७ चौलिका चोकदेखि पश्चिमतर्फ रहेको थुकैला गाउँबाट लागूऔषध ब्राउनसुगर र पैसा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । बिशेष सूचनाका आधारमा गएको टोलीले शंकाष्पद तरिकाले नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ परेका मुन्नी, जरिना र कल्लुलाई हिरासतमा राखी लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । १५ दिन अघि मात्र सिमा प्रहरी कार्यालय जयसपुरको कमान्ड सम्हालेका प्रहरी नायब निरीक्षक सिंहले तस्करी र लागूऔषध कारोबारी विरुद्ध धावा बोल्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]