१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

राष्ट्रियसभा निर्वाचनको तयारी पुरा माघ १२ गते विहान ९ बजेदेखि मतदान हुने

Logo
प्रकाशित मंगलबार, माघ ११, २०७८


(ABC-Sanchar)
दाङ । लुम्विनी प्रदेशमा बुधवार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि १ मतदान स्थल निर्धारण गरिएको छ भने २ मतदान केन्द्र निर्धारण गरिएकोे प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले वताए ।

एउटामा प्रदेश सभाका सदस्यले मतदान गर्ने छन् भने अर्का मतदान केन्द्रबाट पालिकाका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्ने छन् । २ वटा मतदान केन्द्रका लागि निर्वाचनका लागि १८ जना कर्मचारी परिचालन गरिने भएको छ । आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन हुनेछन् । बाहिर स्वास्थ्यकर्मीहरु रहने भएका छन् । सुरक्षा मापदण्ड अपनाएर मतदान गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान विहान ९ वजेदेखि ३ वजेसम्म हुने सुचना अधिकारी कुवरले बताए । ‘राष्ट्रियसभा निर्वाचनको सम्पूर्णत तयारी पुरा भएको छ’,उनले भने,‘मतदानका लागि कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्रहरु निर्माणको काम भैसकेको छ ।’ उनका अनुसार मतदान सकिए लगतै मतगणना सुरु गरिने बताए ।

वुधवार नै नतिजा प्रकाशन गर्ने गरि तयारी भएको सुचना अधिकारी कुवरले बताए । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको हो । लुम्बिनी महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ दलको तर्पmबाट ३ जना र नेकपा एमालेको तर्फबाट तीन जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । सत्तारुढ दल अन्र्तगत नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा उम्मेदार रहेका छन् ।

एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानिय तहका प्रमुख, उप प्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्ने पाउने व्यवस्था छ ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । उनीहरू मध्य एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउने छन् । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै निर्वाचन गरी सक्नु पर्ने व्यवस्था गरेको छ ।

यस्तो लुम्बिनीमा मतभार

लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन बलियो छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २ सय ९६ हो । प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन् । जसमा प्रदेश सांसद ८१ जना छन् भने स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १५ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

८१ प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८, स्थानीय तहतर्फको कुल मतभार ३ हजार ८ सय ७० गरी प्रदेशको कुल मतभार ७ हजार ७ सय ५८ हुने छ । जसमध्ये प्रदेशसभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद छन् । जसको कुल मतभार २१ सय १२ हुन्छ ।

स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन् । गठबन्धनको स्थानीय तहतर्फको कुल मतभार २ हजार १ एक ७८ हुन्छ । प्रदेशसभा र स्थानीय तह दुवैतर्फ गरी जम्मा लुम्बिनीमा गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० छ । त्यसैगरेर एमालेको प्रदेशसभामा ३६ र स्थानीय तहतर्फ ८८ प्रमुख तथा उपप्रमुख छन् ।

जसमा प्रदेशसभातर्फको मतभार १ हजार ७ सय २८ र स्थानीय तहतर्फको मतभार १ हजार ५ सय ८४ गरि जम्मा एमालेको लुम्बिनी प्रदेशमा कुल मतभार ३ हजार ३ सय १२ रहेको छ । यस आधारमा सत्तारुढ गठबन्धन ९ सय ७८ मतभारले एमालेभन्दा अघि छ । लुम्बिनीमा प्रदेशसभा सदस्यमा एक र स्थानीय तहमा ४ मत स्वतन्त्रतर्फको रहेको छ । स्वतन्त्रतर्फको कुल मतभार १ सय २० रहेको प्रदेश निर्वााचन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

error: Content is protected !!