(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले ४ हजार ३ सय ७४, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरेले ४ हजार ३ सय ६५ र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले ४ हजार ३ सय ४४ मत ल्याएर विजयी भएका हुन।
पराजित हुुनुुभएका उमेद्वारहरु दाङका रामदयाल गुप्ताले ३ हजार ३ सय १२, बाँकेका भारती खनाल उपाध्यायले ३ हजार ३ सय ४८ र गुुल्मीका कृष्ण सुनारले ३ हजार ३ सय ७८ मत ल्याएका छन । कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा कुल २ सय ९६ मतदाता मध्य २ सय ९४ जनाले मतदान गरेका थिए ।
लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ जना र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २ सय ९६ मतदाता थिए ।प्रदेशसभा सदस्य सबै ८१ जनाले मतदान गरे भने स्थानिय तहका दुुई जना अनुुस्थित भएपछि २ सय १३ जना प्रमुख उपप्रमुखले मतदान गरेका थिए । लुुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेपछि निर्वाचन भएको हो ।
आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरि १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुदै छ ।