२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

रोल्पामा ब्राउनसुगर चरेससहित १ जना महिला पक्राउ

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८

ABC (क्राईमबिट)
रोल्पा । जिल्लाको लुङ्ग्री गाउँपालिका ६ गुम्चाल घर भई जिल्लाकै सुनिल स्मृति गाउँपालिका–६ रुईनिवाङ्गमा झरना नास्ता पसल गरी बस्ने ३० वर्षीया झलमली बुढाथोकी लागुऔषधसहित पक्राउ परेकी हुन् ।

मंगलबार अपरान्ह निजले लागुऔषध कारोवार गर्दैछिन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौरको टोलीले उनको पसलमा छापा मारेको थियो ।

सोही क्रममा ती महिलाको शरीरबाट ११ पुरिया २४० मिलिग्राम ब्राउनसुगर र ६४ ग्राम चरेस फेला पारेर उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!