०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

रोल्पामा ब्राउनसुगर चरेससहित १ जना महिला पक्राउ

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८

ABC (क्राईमबिट)
रोल्पा । जिल्लाको लुङ्ग्री गाउँपालिका ६ गुम्चाल घर भई जिल्लाकै सुनिल स्मृति गाउँपालिका–६ रुईनिवाङ्गमा झरना नास्ता पसल गरी बस्ने ३० वर्षीया झलमली बुढाथोकी लागुऔषधसहित पक्राउ परेकी हुन् ।

मंगलबार अपरान्ह निजले लागुऔषध कारोवार गर्दैछिन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौरको टोलीले उनको पसलमा छापा मारेको थियो ।

सोही क्रममा ती महिलाको शरीरबाट ११ पुरिया २४० मिलिग्राम ब्राउनसुगर र ६४ ग्राम चरेस फेला पारेर उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

error: Content is protected !!