२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

पर्सामा एसपी रमेश कुमार बस्नेत आएदेखि दर्जनौ मोटरसाईकल र चोरहरु धमाधम पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २२, २०७८

ABC (क्राईमबिट)
पर्सा । पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा वृद्ध भएपछि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो एक महिनामा दर्जनभन्दा बढी मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतको निर्देशनमा प्रहरीले अभियान सञ्चालन गरेर मोटरसाइकल चोरहरुलाई नियन्त्रणमा लिन थालेको हो ।

प्रहरीले जिल्लाको सदरमुकाम वीरगञ्जमा मोटरसाइकल चोरहरुलाई पक्राउ गर्ने अभियान चलाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगञ्जका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरिरहेको, चोरेर भाग्दै गरेको र चोरी भएपछि अनुसन्धान गरेर मोटरसाइकलसहित दर्जनौं चोरलाई पक्राउ गरिएको पर्सा प्रहरीको पछिल्लो तथ्यांकले देखाउछ ।

पर्सा प्रहरीले माघ १९ गते मंगलवार राती १० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वा चोकमा पार्किङ्ग गरेर राखिएको मोटरसाइकल चोरेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवासी मोहमद अलीलाई पक्राउ गरेको थियो ।पर्सा जिल्लामा शान्ति सुरक्षा व्यवस्था कायम गर्न, तस्करी नियन्त्रण गर्न, अपराधीक घटना हुन नदिन पर्सा प्रहरीले कुनै कसर बाकी नराख्ने एसपी बस्नेतले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!