०६ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

भगवती माध्यमिक विद्यालयको शिक्षक बिदाइ कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८


(अङ्कित डिसी)
दाङ । भगवती माध्यमिक विद्यालयले शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ । विगत २१ वर्ष देखि अध्यापन गराइरहनु भएका शिक्षक श्री अमर रोका र २ बर्ष सम्म अध्यापन गराउनु भएका शिक्षक कबिराज घर्तीलाई सम्मानका साथ बिदाइ गरिएको छ ।विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका विद्यार्थी शिक्षक तथा अभिभावकले फुलमाला तथा अविर लगाई बिदाइ हुने शिक्षकहरुको सुखद् भविष्यको कामना गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिबराज थापा, शिक्षक अभिभावक संघका अध्यक्ष छबिलाल पुन, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, स्थानीय समाजसेबी, अभिभावक, विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक प्रेम कुमार थापाले गर्नु भएको थियो उत्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका गिता कुमारी घर्तीले गर्नु भएको थियो । कार्यक्रममा शिक्षक कबिराज घर्तीले गरीब, जेहेन्दार तथा बिपन्न वर्गका २ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्नुभएको थियो । साथै आगमी शैक्षिक शत्र २०७९ देखि जेहेन्दार तथा बिपन्न वर्गका बिद्यार्थीहरुलाई बार्षिक रु १०००० का दरले छात्रबृत्ति उपल्बध गराउने प्रतिबद्ता गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु ‘स्टेटस सिम्बल’ को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ । धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ […]

बाँके । पुस अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइ नभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन,’ बर्दिबास-१३ का किसान ठकाइ महतोले भने, ‘पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ।’ चिसोले कठ्यांग्रिएर कुनै काममा हात नलाग्दा समयमा […]

काठमाडौं । नेपाल सरकारले कतार सरकारलाई दिएको दुई हात्ती के गर्दै होलान् त्यसो लागेको हो भने यी फोटोहरु हेर्नुस्- यी एआईबाट बनाइएका होइनन्। कतारको अनलाइनमा प्रकाशित फोटोहरु हुन्। कतारको ‘अल खोर फेमिली पार्क एन्डु जू’ मा राखिएका यी दुईवटै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका हुन् । २०८१ वैशाखमा कतारका […]

error: Content is protected !!