२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भगवती माध्यमिक विद्यालयको शिक्षक बिदाइ कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८


(अङ्कित डिसी)
दाङ । भगवती माध्यमिक विद्यालयले शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ । विगत २१ वर्ष देखि अध्यापन गराइरहनु भएका शिक्षक श्री अमर रोका र २ बर्ष सम्म अध्यापन गराउनु भएका शिक्षक कबिराज घर्तीलाई सम्मानका साथ बिदाइ गरिएको छ ।विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका विद्यार्थी शिक्षक तथा अभिभावकले फुलमाला तथा अविर लगाई बिदाइ हुने शिक्षकहरुको सुखद् भविष्यको कामना गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिबराज थापा, शिक्षक अभिभावक संघका अध्यक्ष छबिलाल पुन, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, स्थानीय समाजसेबी, अभिभावक, विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक प्रेम कुमार थापाले गर्नु भएको थियो उत्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका गिता कुमारी घर्तीले गर्नु भएको थियो । कार्यक्रममा शिक्षक कबिराज घर्तीले गरीब, जेहेन्दार तथा बिपन्न वर्गका २ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्नुभएको थियो । साथै आगमी शैक्षिक शत्र २०७९ देखि जेहेन्दार तथा बिपन्न वर्गका बिद्यार्थीहरुलाई बार्षिक रु १०००० का दरले छात्रबृत्ति उपल्बध गराउने प्रतिबद्ता गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]